रामेछाप नेकपाका नेता १३ बर्षिय बालिका बलात्कार गरेको अभियोगमा पक्राउ


  • १७ मंसिर २०७६, मंगलवार ११:०१ प्रकाशित
  • २९४ पटक पढिएको

  • पुष्कर खड्का /रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । नेकपाका नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिय बालिकालाई मंसिर २ गते बलात्कार गरेको उजुरीको आधरमा सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले भलात्कार गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटना कसैलाई पनि भनेकी थिइनन् । तर त्यस पछि पनि पटक–पटक भलात्कारको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् ।पीडित परिवारले बालिकालाई बलात्कार गरेको भन्दै न्यायको लागि बाम्ती प्रहरी चौकीमा निवेदन दिएको र त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले सुनुवारलाई आइतबार साँझ उनको घरबाटै नियान्त्रणमा लिएको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।घटनाको बारेमा थप अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरिएको समेत जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस