रामेछाप हिमंगगा ४ बोलङ्गबोलङ्गमा निशुल्क आँखा शिविर सम्पन्न १४३ जनाले गराए आँखाको जाँच


  • २१ पुष २०७६, सोमबार ०६:२३ प्रकाशित
  • ३७९ पटक पढिएको

  • रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले शुरु गरेको आँखाका विरामीहरुको लागी जाँच तथा मोतियाविन्दुको शल्यकृया शिविर आज वडा नं ४ हिमगंगा बोलङ्गबोलङ्गमा सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापको समन्वयमा जारी शिविरमा १४३ जनाले सेवा लिएका छन ।शिविरमा १६ जना मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने विरामी फेला परेको र शिविरबाट छनोट भएका मोतियाविन्दुका विरामीहरुलाई यहि पौस २८ , २९ र माघ १ गते तामाकोशी सहकारी अस्पताल मन्थलीमा निशुल्क शल्यकृयाको व्यवस्था गरिएको रामेछाप नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो ।शिविरमा ३८ जना जेष्ठनागरीकहरुलाइ वडा कार्यलयको सहयोगमा निशुल्क चश्मा वितरण गरिएको उहाँले बताउनुभयो । शिविर वडा नम्बर १ ,२,३ र ४ मा सम्पन्न भईसकेको छ भने अब वडा नम्बर ५ देखि ९ सम्म क्रमैसँगै सन्चालन हुनेछ । रामेछाप नगरपालिकाले हरेक महिना सबै वडाहरुमा स्वास्थ्य शिविर सन्चालन गर्दै आईरहेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस