मन्थली नगरपालिकाको सवै वडामा नेकपाको संगठन कमिटीले पुर्णता पायो


  • २७ पुष २०७६, आईतवार १८:०३ प्रकाशित
  • २६० पटक पढिएको

  • रामेछाप – नेपाल कम्युनिष्ट पार्टी नेकपाको मन्थली नगरपालिका नगर संगठन कमिटीले सबै वडा संगठन कमिटीलाई पुर्णता दिएको छ । नगर संगठन कमिटीले नगरपालिकाको १४ वटै वडामा २९ सदस्यि वडा संगठन कमिटी र १४ सदस्यि सल्लाहाकार परिषद कमिटी गठन गरिएको मन्थली नगरसंगठन कमिटीका सदस्य रामबाबु घिमिरेले जानकारी दिए । उनका अनुसार बवै वडाहरुमा पार्टीको विधान अनुसार ३ सदस्यि वडा संगठन कमिटी र ९ सदस्यि वडा सचिवालय कमिटी गठन गरी घोषणा गरिएको छ । नेकपा मन्थली नगर संगठन कमिटीले वडा नं १ मन्थलीमा अध्यक्ष युवराज सुवेदी र सचिव रामकुमार श्रेष्ठ , वडा नं २ कठजोरमा अध्यक्ष कुङ्घलाल तामाङ र सचिव महेश्वर प्रसाद सुवेदी , वडा नं ३ कठजोरमामा अध्यक्षमा कृष्ण गोपाल थापा र सचिवमा रमेश बरुवाल , वडा नं ४ सालुमा अध्यक्ष राम कुमार श्रेष्ठ र सचिवमा श्याम बहादुर खड्का रहेको २९ सदस्यि वडा संगठन कमिटी बनाएको छ ।

    त्यस्तै वडा नं ५ सुनारपानीमा पहलमान कार्की अध्यक्ष र रविन कार्की सचिव , वडा नं ६ भलुवाजोरमा कृष्ण बहादुर थापा अध्यक्ष , गणेश माझी सचिव ,वडा नं ७ भटौलीमा कमल बहादुर खड्का अध्यक्ष , प्रकाश बुढाथोकी सचिव र वडा नं ८ चिसापानीमा भुवन कुमार श्रेष्ठ अध्यक्ष र श्याम राज श्रेष्ठ सचिव रहेको वडा संगठन कमिटी गठन गरेको छ । त्यसैगरी वडा नं ९ पुरानागाउँमा मान प्रसाद श्रेष्ठ अध्यक्ष , रमेश यसमाली मगर सचिव , वडा नं १० चनखुमा राजेश बोहोरा अध्यक्ष , कृष्ण बहादुर चौहान सचिव , वडा नं ११ गेलुमा अजय पुलामी मगर अध्यक्ष , अनिल घिसिङ सचिव , वडा नं १२ गेलुमा भोज बहादुर कार्की अध्यक्ष , मिन बहादुर खड्का सचिव , वडा नं १३ फुलासीमा बाबुराम पुलामी मगर अध्यक्ष र राजेन्द्र कार्की सचिव त्यस्तै वडा नं १४ फुलासीमा राम बहादुर तामाङ अध्यक्ष र भिम बहादुर तामाङ सचिव रहेको वडा संगठन कमिटी गठन गरी सवै वडाका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराइएको मन्थली नगरसंगठन कमिटीका सदस्य रामबाबु घिमिरेले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस