शिक्षक लाइसेन्सको नतिजा आउन साथ शिक्षक सेवा आयोग खुल्ने: नतिजा फागुनमा ।


  • २ माघ २०७६, बिहीबार २३:१५ प्रकाशित
  • २५६९ पटक पढिएको

  • शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक हुने बितिकै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने भएको छ ।

    शिक्षक छनौटका लागि साबिककै अवस्थामा तीनै तहमा खुला विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो । कक्षा ११ र १२ लाई माध्यमिक तह बनाइ सकेपछि नियमावलीमा केही संशोधन गर्नुपर्ने भएकाले अहिलेलाई तीन तहका लागि नै विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो ।

    आयोगले फागुन अन्तिमसम्म लाइसेन्स परीक्षाको सबै तहको नतिजा सार्वजनिक गरी सक्ने  र तत्काल खुला विज्ञापन गर्ने तयारी गरिरहेको छ ।खुला विज्ञापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी पठाउने बितिकै आयोग विज्ञापनको प्रक्रियमा जाने आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

    आयोगका अनुसार  लाइसन्सको उत्तरपुस्तिका धमाधम परीक्षण भइरहेको छ । अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस