शिक्षक विज्ञापनमा नयाँ व्यवस्था: अब प्राविको जिल्ला र निमावि र माविको प्रदेशस्तरमा


  • ५ माघ २०७६, आईतवार २२:४६ प्रकाशित
  • १९०९ पटक पढिएको

  • काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा गर्नुपर्ने भएको छ ।
    गत असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्नका विज्ञापन आह्वान गर्दा प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ भनेर नियमावलीमा प्रष्ट व्यवस्था गरिदिएको छ । यस अघि भने, आयोगले प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा विकासस्तरमा गर्दै आएको थियो । अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ ।

    साथै नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्ने उल्लेख गरेको छ । नियमावलीमा आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ भन्ने व्यवस्था पनि उल्लेख गरिदिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस