रामेछाप गोकुलगंगा गाउँपालिकाले आगोलागी पिडित परिवारलाई आवश्यक राहत सहित नगद पन्ध्र हजार सहयोग


  • ७ माघ २०७६, मंगलवार १५:५२ प्रकाशित
  • ५०० पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले आगोलागी पिडित परिवारलाई नगद सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालु (ओख्रे) का पूर्ण बहादुर सुनुवारको कुखुरा फर्ममा गत आईतबार विद्युत लाइन सर्ट भई आगलागी हुँदा ग्याँस , भाडाँकुँडा ,अन्नपात लगायतका समान जलेर नष्ट भएको थियो । गाउँपालिका अध्यक्ष खड्ग सुनुवार ,उपाअध्यक्ष राधिका श्रेष्ठ र वडा नम्बर ३ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि आगोलागी पिडित सुनुवारको घरमा पुगेर आवश्यक राहत सामग्रीको साथमा नगद पन्ध्र हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस