रामेछाप नगरपालिकाले महिला दिवसमा लोकगीत प्रतियोगीता गर्ने


  • २० फाल्गुन २०७६, मंगलवार १३:२१ प्रकाशित
  • २८३ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको रामेछापमहिला दिवसमा नगरपालिकाले ११० औ श्रमिक महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । नगरपालिकाले दिवसको अवसरमा लोकगीत प्रतियोगीता गर्ने रामेछाप नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगीतामा नगरभरीको महिला समुह, महिला सहकारी तथा आमा समुहमा आवद्ध रहेको महिलाहरुले भाग लिन सक्ने रामेछाप नगरपालिका महिला तथा वालवालिका शाखा अधिकृत सरिता बुढाथोकीले जानकारी दिनुभएको छ । प्रतियोगीतामा सहभागी हुनेहरुले जुनसुकै लयमा सन्देशमुलक गीत गाउन सक्ने, आफ्नै मौलिक रचना हुनुपर्ने र एकै व्यक्ति एक भन्दा बढी प्रतियोगी समुहमा बसेर गाउन नमिल्ने उहाँले बताउनुभयो । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले फागुन २२ गतेभित्र समुह दर्ता गराउन सक्नेछन र उत्कृष्ट समुहलाई आकर्षक पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस