रामेछाप नगरपालिकामा मेलमिलापकर्तालाई तालिम सुरु


  • २० फाल्गुन २०७६, मंगलवार १६:१६ प्रकाशित
  • १७९ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा मेलमिलापकर्ताहरुका लागि आज देखि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा नगरपालिकाका वडा स्तरीय मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु गरिएको हो । रामेछाप नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभुत तालिमको उद्धघाटन गर्दैै जिल्ला न्यायधिस स्विकृति पराजुलीले नेपालको संविधान–२०७२ अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ ले न्याय सम्पादनका कामलाई सुलभ बनाउन खोजेको बताउनुभयो । ७ दिनसम्मको आधारभुत तालिममा गरिने कानुनी छलफल र कानुनी टिप्सहरुले सबैलाई कानुनी रुपमा परिपक्क बनाउनेमा आफु बिश्वस्त भएको उहाँको भनाई थियो । रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले समुदाय स्तरमा भएका अन्तरविरोध तथा अन्तरकलहमा एक पक्षको जीत र हार नभएर दुवै पक्षको जीत हुनेगरी मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरुले महत्वर्ण भुमिका खेल्ने बताउनुभयो । न्यायिक समितिका संयोजक एवम रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले प्रत्येक वडामा तालिम प्राप्त मेलमिलापककर्ताहरु र मेलमिलाप केन्द्रहरु स्थापना भएको भएपनि अपेक्षा गरे अनुसार मेलमिलापकर्ताहरुले काम गर्न नसकेको बताउनुभयो । आगामी दिनमा मेलमिलापको क्षेत्रमा चुस्त ,दुरुस्त रुपमा काम होस भनेर आफुहरुले तालिमको आयोजना गरेको उहाँले बताउनुभयो । उक्त तालिममा नगरपालिकाको ९ वटा वडाहरुबाट २२ जना मेलमिलापकर्ता छनौट गरेर सहभागि गराएको रामेछाप नगरपालिका कानुनि सल्लाहकार लोकहरी दाहालले जानकारी दिनुभयो । तालिममा सहभागी मेलमिलापकताहरुलाई प्रशिक्षकहरु हिमाल ढुंलेग र यादव प्रसाद दाहालले प्रशिक्षण दिनुहुनेछ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस