अमेरिका पठाईदिन्छु भन्दै नेपालीले मलेसियामा नेपालीसग ठगी धन्दा …..


  • २९ फाल्गुन २०७६, बिहीबार १३:१३ प्रकाशित
  • ४७७ पटक पढिएको

  • भिम लुहार क्वालालम्पुर मलेसिया / काठमाडौ महानगरपालिका वडा नम्बर ३ महाराजगन्ज का शागर शंशेर राणाले नबलपरासी घर भै मलेसिया स्थित breadmaster sdn.bhd मा काम गर्दै आएका रेवान राणा मगर सग us$190 लिएको खुल्न आएको छ। अमेरिकाको न्युयोर्क सहर स्थित johan F kennedy international airport मा ब्यागेज लोडर को काममा लगाइदिने भन्दै रेवान राणा मगर संग us$190 बराबरको मलेसिया रिंगेट लिइ तमासुक बनाएका छ्न। २३ फेब्रुअरी २०२० सम्म मा अमेरिकाको प्रबेशाज्ञा दिलाइदिने सर्तमा उक्त रकम लिएका थिए। तोकिएको समय मा प्रबेशाज्ञा नमिलाए रकम फिर्ता गर्ने नगराएमा प्रचलित नेपालको कानुन बमोजिम सजायको भागिदार बन्ने तमासुक गरि सहि छाप लगाएका छ्न। रेवान राणा मगर जस्तै अन्य ५५ जना लाइ अमेरिका लगिदिन्छु भन्दै शागर शंशेर राणा मोटो रकम असुल्दै आइरहेका छ्न। शंशेर राणा ले मलेसिया बाट अमेरिका पुर्याइदिने भन्दै रकम असुलेका अन्य ब्यक्ती हरु हाम्रो सम्पर्कमा आउने क्रममा छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस