रामेछाप खाँडादेवी गाउँपालिका माकादुमको स्थानीय सभा बैठक सम्पन्न


  • ३० फाल्गुन २०७६, शुक्रबार १२:१६ प्रकाशित
  • २७६ पटक पढिएको

  • रामेछाप : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुमको स्थानीय सभा बैठक बिहिबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । खाँडादेवी ६ का वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षतामा बैठक भएको हो ।
    हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजःपारस्पारिक जवाफदेहीता परियोजनाको आयोजना र वडा कार्यालयको समन्वयमा सो बैठक भएको हो।

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष कार्कीले आफू निर्वाचित भएपछि सो वडामा १३ वटा खनेपानीका टैँकि, ६ वटा सिँचाई पोखरी, ३४ वटा स्थानीय सडक निर्माण भएको जानकारी दिए ।
    यसैगरि विद्यालयको पठनपाठनमा सुधार, प्रशुती केन्द्र निर्माण, हटबजार व्यवस्थापन, धार्मीक स्थलको संरक्षण, विद्युतीकरण, आर्थिका सामाजिक सशक्तिकरण लगायतका कार्यक्रमहरु पनि भएका उनले जानकारी दिए ।

    कार्यक्रमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले निर्माण भएका पुर्वाधारको उचित उपयोग गर्दै अघि बढ्न आग्रह गरे । नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले विकास निर्माणको काममा स्थानीय उपभोक्ताहरुको उदाशिनता भयो भने प्रभाकारी रुपमा काम अघि नबढ्ने बताउँदै उपभोक्तालाई सचेत हुन आग्रह गरे ।
    कार्यक्रममा टोल सुधार समितिका संयोजक तथा विभिन्न आयोजनाका उपभोक्ता समितिका अध्यक्षहरुले हाल सञ्चालनमा रहेका योजनाहरुको बाँकि काम तत्काल सम्पन्न गरि प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

  • तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस