श्री केवलेश्वर आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई रामेछाप नगरकार्यपालिका सदस्य कटुवालद्धारा विद्यालय पोशाक प्रदान


  • ३ चैत्र २०७६, सोमबार १२:३२ प्रकाशित
  • २४३ पटक पढिएको

  • राजन महतरा क्षेत्री रामेछाप / रामेछाप : रामेछाप नगरपालिकाको कार्यपालिका सदस्य सरोज कटुवालले गरिव तथा जनजाति समुदायका विद्यार्थीहरु अध्ययन गर्दै आएको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेस्थित श्री केवलेश्वर आधारभूत विद्यालयका २० जना छात्र÷छात्राहरुलाई विद्यालय पोशाक प्रदान गर्नु भएको छ । कार्यपालिका सदस्य कटुवालले सो विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुको अवस्था निकै नाजुक देखेर आफुले व्यक्तिगत रुपमा उनिहरुलाई सहयोग गरेको बताउनुभएको छ । आईतबार विद्यालयमै पुगेर उहाँले २० जना बालबालिकाहरुलाई विद्यालयका लागि आवश्यक पर्ने तयारी पोशाक प्रदान गर्नु भएको हो । उहाँले विद्यालयका प्रधानाध्यापक विनोद घिमिरे मार्फत अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थितिमा सो सामान प्रदान गर्नु भएको हो । कार्यपालिका सदस्य कटुवालले यस्ता खाले सहयोगहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस