काठमाडौंबाट रातीराती लकडाउनको समयमा रामेछापको फुलासि पोखरिमा गाडी प्रवेश


  • १८ चैत्र २०७६, मंगलवार ००:४० प्रकाशित
  • १६०६ पटक पढिएको

  • काठमाडौ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले एक हप्ताको लागि नेपाल लकडाउन गरेको थियोे । सरकारले गरेको लकडाउनको पालना नगरि मन्थली नगरपालिकाको वडा नम्बर १४ फुलासिपोखरिमा गाडी प्रवेश गरेको छ।लक डाउन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । फेरि लकडाउन सकिन २ दिन बाकि हुदै सरकारले कोरोना भाईरस नियन्त्रणका लागि ८ दिन म्याद थप गरेर सरकारले २५ गते बिहान सम्मलाई नेपाल लक डाउन गरेको छ। तर मन्थली नगरपालिका वडा नम्बर १४ फुलासि पोखरिमा भने रातको समयमा यात्रुवहाक सवारी साधन भित्रन थालेपछि मन्थली नगरपालिका वासी चिन्तित बनेका छन् । साथै नेपालमा कोरोनाको संक्रमण देखिएका पाँच जना विदेशबाट आएका पाइएको छ । लकडाउनको समयमा पनि रातीराती यात्रु सहितको सवारी प्रवेश हुने क्रम रोकिएको छैन् । रामेछापको मुख्य नाका मङ्गलटार,नेपालथोक, सित्खा र सेलेघाटबाट रातीको समयमा यात्रु सहितको सवारी साधन प्रवेश गरेको छ।काठमाडौंबाट बिपी राजमार्ग हुँदै जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा रातिको समयमा ज्यालामा काम गर्ने मजदुरहरुले काठमाडौंमा बसेर जीविका धान्न नै कठिन भएपछि गाडी रिर्जभ गरेर गाउँ फर्किएका थिय।त्यस्तै मजदुरीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी साधनको पास लिएर गएको सुरेन्द्र थापाले जानकारी दियका छन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस