ब्रेकिङङ : काठमाडौबाट लकडाउनको समयमा रामेछाप दोरम्बाजादै गर्दा माझी गाउँमा गाडी दुर्घटना ३३ जना घाइते


  • १८ चैत्र २०७६, मंगलवार ०९:५९ प्रकाशित
  • ७०४ पटक पढिएको

  • रामेछाप – विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । तर भक्तपुर बाट प्रशासनको अनुमति लिएर रामेछाप जिल्लाका विभिन्न ठाउँहरुमा रातीको समयमा सवारी साधन भित्रने गरेका छन् । त्यस्तै जिल्लाको खांडादेवी गाउँपालिका –१ राकाथुममा आज बिहान साढे चार बजेतिर भएको जिप दुर्घटनामा ३३ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडादेवी गाउँपालिका १ माझीगाउँस्थित सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा परेका २७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले बताएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकसहित ३ जनाको स्थानीय लुभुघाटमा उपचार भइरहेको छ । प्रहरीले चालक नियन्त्रणमा लिएको छ।थप विवरण अाउन बाकी
    तस्बिर


    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस