रामेछाप खाँडादेवी गाउँपालिकाले स्वास्थ्य सेवा क्षेत्रका कर्मचारीलाई २० प्रतिशत प्रोत्साहन भत्ता दिने


  • १९ चैत्र २०७६, बुधबार १७:०८ प्रकाशित
  • २२१ पटक पढिएको

  • रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्य सेवा क्षेत्रका कर्मचारीहरुका लागि २० प्रतिशत बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । खाँडादेवी गाउँकार्यपालिकाको बैठकले स्वास्थ्य उपचारमा खटिने कर्मचारीहरुलाई सरकारले दिएको सेवा सुविधा भन्दा बाहेक पालिकाले छुट्टै २० प्रतिशत बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । बैठकले १५ लाख रुपैयाँ बराबरको कोरोना रोकथाम तथा नियन्त्रण कोषको स्थापना गर्ने निर्णय पनि गरेको अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार बैठकले पालिका अन्तर्गत रहेका कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्य स्वयम सेविकाहरुलाई समेत १० हजार रुपैयाँ दिने निर्णय गरेको छ । स्वास्थ्य स्वयम सेविकाहरुलाई बाहिरी मुलुकबाट पालिकामा प्रवेश गर्ने व्यक्तिहरुको लगत संकलन गरी पालिकामा जानकारी गराउन पर्ने लगायतको जिम्मेवारी तोकिएको उहाँको भनाई छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस