रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्कन सुरु


  • २० चैत्र २०७६, बिहीबार १८:१० प्रकाशित
  • ३७५ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा अाज डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरिएको छ ।बिहिबार थापाचोकबाट स्प्रे छर्किन थालेको नगरपालिकाका स्वास्थ्य प्रमुख केशवराज फुयाँलले लिखु अनलाइनलाइ जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि मन्थली नगरपालिकाले आजदेखि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन सुरु गरेको फुयाँलले बताउनु भएको ।उहाँका अनुसार आजबाट सुरुभएको औषधी छर्कने काम आज नसकिए भोली (शुक्रबार) पनि छर्किने बताउनुभयो । त्यस्तै भैसेश्वर हुदै थापाचोक, मन्थली क्याम्पस ,मन्थली बजार हुदै बसपार्क, आकासे पुल र प्राथामिक स्वास्थ्य केन्द्र सम्म स्प्रे छर्किने नगरपालिकाका स्वास्थ्य प्रमुख केशवराज फुयाँलले बताउनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस