गोकुलगंगा गाउँपालिकामा वैदेशीक रोजगारीबाट फर्कीएकालाइ कोरोना छैन- अध्यक्ष सुनुवारको भनाइ …


  • २१ चैत्र २०७६, शुक्रबार १८:४८ प्रकाशित
  • ६५४ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले शुक्रबार वैदेशिक रोजगारीबाट गाउँपालिकामा प्रवेश गरेका ब्यक्तिहरुको संख्या सार्वाजनिक गरेको पालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले लिखु अनलाइनलाई जानकारी दिनुभयो ।

    रोजगारीकालागि छिमेकी मूलुक भारत सहित मलेसिया, कोरिया, दुवई, साउदी अरेबिया लगायतका मुलुकमा गई नेपाल फर्केर पालिकामा प्रवेश गरेका ३७ जनाको संख्या सार्वजनिक गरको हो ।जस्मा ७ जना महिला र ३० जना पुरुष रहेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट कोही पनि संक्रमित नभएको पालिकाका प्रमुख खड्ग बहादुर सुनुवारले जानकारी दिनुभयो । उनीहरु सबै होम क्वारेन्टाईनमा बसेका छन् ।पालिका प्रमुख सुनुवार भन्नुहुन्छ – “हामीले पालिकामा बैदेशिक रोजगारबाट फर्केका हरूको डाटा संकलन गर्न पारिश्रमिक दिएरै स्वयमंसेवक खटाएका छौँ ।” गोकुलगंगा गाउँपालिकाले भाइरस रोकथामका लागि १० लाखको कोष खडा गरको पालिका अध्यक्षले जानकारी दिनु भयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस