नबप्रतिभा युवा कल्बद्वारा रामेछाप नगरपालिका हिमगंगामा प्रवेश गर्नु अघि अनिवार्य हात धुनुपर्ने अभियान जारी ..


  • २६ चैत्र २०७६, बुधबार ००:४६ प्रकाशित
  • ३१६ पटक पढिएको

  • काठमाडौ – विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रणकाल लागि रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा प्रवेश गर्नु अघि सावुन पानिले अनिवार्यरुपमा हात धुने नियम लागु गरिएको छ ।

    मंगलबार नबप्रतिभा युवा कल्वको नेतृत्वमा वडाका विभिन्न स्थानमा सावुन पानीको ब्यवस्था गरेको छ । गाउँ पस्नुअघि अनिर्वायरुपमा साबुनपानीले मिचिमीचि हात धुनुपर्ने नियम बनाइएको वडा नं ४ हिमगंगा नबप्रतिभा युवा कल्वको अध्यक्ष दुर्गा बहादुर सुनुुवारले लिखु अनलाइनलाई जानकारी दिनुुभयो ।त्यस्तै अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै ज्यान गुमाउनेको सङ्ख्या हजारौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ ।यहि अबश्थामा अाज रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा विभिन्न स्थानमा साबुन पानिले हातधुने व्यवस्थापन गरेको हो ।अाज बिहान वडा भित्रका बिभिन्न ठाउँमा पुगेर कोरोना भाईरसबाट बच्न साबुन पानीले मिचिमिची हात धुने, क्वारेन्टाइनमा बस्ने लगायतको विषयमा स्थानीय बासिहरुलाई सचेतना समेत दिएको वडा सचिव अशोक सुनुवारले जानकारी दिनु भयो ।उक्त सचेतना अभियान कार्यक्रमा वडा सचिव,नबप्र तिभा कल्बका सदस्य लगाएत गाउँका बुद्धिजीवी,भर्द्रभलाजिम लगायतको टोली उपस्थिति रहेको थियो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस