रामेछापको सल्लेपाखा जगलमा भिषण आगलागी,डडेलो बाहिरीयो स्थानीयले नियन्त्रण गर्ने सकेनन्


  • २८ चैत्र २०७६, शुक्रबार २१:०९ प्रकाशित
  • ५५९ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपाखा जंगलमा भिषण आगलागी भएको छ ।आज दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएको छ । सल्ला र सालको जंगलमा लागेको आगो तीब्र गतिमा फैलिएपछि स्थानीयवासी चिन्तित भएका छन् । गेलुका स्थानीय मान बहादुर थापामगरले दिनभर आगो निभाउन गरेको प्रयास असफल भएको बताए । उनले भने,‘गाउँले मिलेर निभाउने प्रयास त गर्यौ तर आगो फैलिदै गएपछि घर फर्कियौ ।’ जंगलमा लागेको आगो निभाउन दमकल जान सम्भव नभएपछि स्थानीयले भोली बिहानैबाट आगो निभाउन प्रयास थालिने तयारी गरेका छन् । आगो लागेकोस्थल बस्ती भन्दा टाढा रहेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस