लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्का साबुन र माक्स लिएर जनताको घरघरमा !


  • २९ चैत्र २०७६, शनिबार १७:४७ प्रकाशित
  • २४२४ पटक पढिएको

  • रामेछाप – विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले सात वटै वडामा माक्स साबु वितरण गर्नु भएको छ।

    अध्यक्ष खड्काले सम्पूर्ण लिखु तामाकोसी गाउँपालिका वासीलाई कोरोनाबाट जोगाउन माक्स र साबुन वितरण गर्नु भएको हो । खड्काले सात वटै वडामा २२ हजार थान माक्स र ७ हजार पिस हात धुने साबुन वितरण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष खड्का अाफै जनताको घरघरमा नै पुगेर मास्क र साबुन वितरण गरिएको अध्यक्ष खड्काले लिखु अनलाइनलाई जानकारी दिनु भयो । त्यस्तै अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै ज्यान गुमाउनेको सङ्ख्या लाखौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ ।यहि अबश्थामा अाज लिखु तामाकोसी गाउँपालिकाका सम्पूर्ण वडाका बिभिन्न ठाउँमा पुगेर कोरोना भाईरसबाट बच्न साबुन पानीले मिचिमिची हात धुने, क्वारेन्टाइनमा बस्ने लगायतको विषयमा सचेतना समेत दिएको खड्काले बताउनु भयो । अध्यक्ष खड्काले मास्क तथा साबुन गाउँपालिका बाट सितैमा वितरण गरेको थियो ।तथा सचेतना अभियानमा जनप्रतिनिधि,कार्यकर्ता र गाउँका बुद्धिजीवी,भर्द्रभलाजिम लगायतको टोली उपस्थिति रहेको थियो ।
    तस्बिर



    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस