लिखु तामाकोशी गाउँपालिका वडा नं ४ भुर्साको पाखामा लडेर ४८वर्षीय वृद्धाको मृत्यु


  • ३० चैत्र २०७६, आईतवार १०:४२ प्रकाशित
  • ३७७४ पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्साको भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्सा भन्ने ठाउँमा ४८ बर्षिय ज्ञान बहादुर सुुुुनुवारको  लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबिडाडाले जनाएको छ । ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका-४ स्थायी घर भएका सुनुवार  रामेछाप जिल्ला, लिखु तामाकोशी गाउँपालिका -१ दुरगाँऊको पुन्दि भन्ने  ठाउँमा १५ बर्ष  देखी बसोवास गर्दै  आएका थिए । चैत २६ गते  घरबाट सामान किन्न भनी धोवीहाट हिँडेका सुनुवार घर नफर्केपछी २७ गते देखि खोजी गर्न थालिएको र ४ दिनपछी चैत २८ गते  लिखु तामाकोशी गाउँपालिका भुर्साको पाखामा  मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय धोबिका प्रहरी नायब उपरीक्षक मदन थापाले लिखु अनलाइनलाई जानकारी दिनु भयो । बाटोबाट करिब ५०० सय मिटर तल उनको शव फेला परेको थापाको भनाइ छ।मृतक सुनुवारको शवलाई स्थानिय र प्रहरी मिलेर उद्दार गरेका थिए । मृतक सुनुवारको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम मन्थली लगिएको छ । सव पोष्टमार्टम पछि उनका परिवारलाई बुझाउने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।
    (तस्बिर )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस