काठमाडौ बीर अस्पतालको इर्मजेन्सीमा रामेछाप खाडादेबि गाउँपालिकाको कार्कीको बेवारीसे अवस्थामा फेला !


  • ५ बैशाख २०७७, शुक्रबार २३:०९ प्रकाशित
  • ३८७ पटक पढिएको

  • काठमाडौं – काठमाडौंको बौदको रामहिटि चोकमा बेवारिसे अवस्थामा फेला परेका पुरुषलाई बिर अस्पतालमा अलपत्र अवस्थामै राखिएको छ । उनलाई यस स्थानका स्थानियले जनप्रतिधि र प्रहरीलाई आग्रह गरेपछि पटक पटकको आग्रहलाई स्विकार गर्दै बिर अस्पतालमा प्रहरीले पुराएता पनि उनको उपचार भने हुन सकेको छैन ।

    उनलाई पहिचान गर्ने माध्यम उनको साथमा रहेको डायरी नियाले पश्चात रामेछाप खाडादेवी गाँउपालिका पकरवास स्थायी ठेगाना भएका तारा बहादुर कार्कि रहेको पुष्टि भएता पनि लकडाउन र कोभिड १९ का कारण आफन्तहरु सम्पर्ककमा आउन नसकेको अस्पतालका एक कर्मचारी बताउँछन् ।उनको साथमा रहेको डायरी नियाले पछि राजनीतिक बृतमा आफ्नो जीवनको कुनै समय बिताएको बुझ्न सकिन्छ । उनको डायरीमा फेला परेका सम्पर्क नंबरहरु नेपालका उच्च ओहोदामा रहेका नेता तथा बिभिन्न संघ संस्थाका प्रमुका साथै मानवअधिकार कर्मीहरुको समेत रहेको फेला परेको छ । बेहोस अवस्थामा रहेका कार्कीलाई सामान्य बिरामीलाई गर्ने ब्यवहार समेत अस्पतालले गर्न नसक्दा मानवता माथिनै प्रश्न खडा भएको र बिरामी को अवस्था समेत जोखिममा रहेको रामेछापका स्थानीय रामचन्द्र खड्का बताउँछन् । कार्कीको सामान्य रेख देख समेत नभएको कार्कीलाइ इर्मजेन्सी वार्डमा बेवारीसे अवस्थामा राखिएको उनको शरिरलाई देखे पछि जो कसैले बुझ्न सक्ने खड्काले बताए । उनले भेन अस्पतालको इर्मजेन्सी वार्डमा ल्याइ सकेको बीरामीलाई गरिने सामान्य व्यबहार समेत नगरिएको उनको शरिमै भइरहेको सौच र बेवारीसे अवस्थामै अस्पाताल जस्तो पुराईएको थियो सोही अवस्थामा समेत रहनुले प्रष्टाउँछ । यसरी लावरीस अवस्थामा भेटिएका बीरामीहरुको उपचारका लागि सरकारले केही रकमका बिनियोजन गरेता पनि तथ्य गत ब्यवहारमा लागू हुन नसक्ने यस्तै पात्रहरु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस