रामेछापमा लकडाउनलाइ प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशंसनको सकृयता


  • १६ बैशाख २०७७, मंगलवार १०:३५ प्रकाशित
  • ३१५ पटक पढिएको

  • रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनलाई प्रभावकारी बनाउन अनुगमन थालेकाे छ । आईतबार प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टाेलीले खाँडादेवी र सुनापाति गाउँपालिका पुगेर अनुगमन गरेकाे हाे । गाउँपालिकामा क्वारेन्टिन र आईसुलेसन बेर्डकाे अबस्था, त्यसको मापदण्ड र बाहिरबाट आएका मानिसहरू कसरी राखिएकाे छ भनेर अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभयो । अनुगमनकाे क्रममा जिल्लामा काेराेनाकाे संक्रमण जाेखिमलाई ध्यामा राखेर त्यसकाे तयारी तथा श्राेत साधनकाे ब्यबस्थापन र संक्रमण फैलियमा कसरी काम गर्ने भनेर स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानरी दिनु भयो।

    राहत वितरणमा समेत असाहाय, मजदुर निम्न आय भएका ब्यक्तिहरूलाई नछुटाउन हामीले अग्रह गरेका छाै शर्माले भन्नू भयो । किसानलाई खेतीपाती गर्न र ठूला विकास निर्माणका कार्य सञ्चालनकाे लागि आफूहरूले सहजिकरण गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । अनुगमनका क्रममा शान्ति सुरक्षालाई मजबुत बनाउन र बाहिरबाट आएका ब्यक्तिहरूकाे निगरानी गर्न मातहतका सुरक्षा निकायलाई निर्देश दिइएकाे प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनु भयो । अहिलेकाे अवस्थामा प्रहरीलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा कायम गर्ने दाेहाेराे जिम्मेवारी रहेकाले उच्च सतर्कता काम गर्न चाैकीहरूलाई निर्देशन दिएकाे प्रहरी नायव उपरिक्षक पाठकले जानकारी दिनु भयो । जिल्ला प्रहरीकाे कमाण्ड सम्हाले लगतै चाैकीहरूकाे निरीक्षण गरेका प्रहरी नायव उपरीक्षक पाठकले अाफूलाई जिल्लाकाे भाैगाेलीक अवस्था र सुरक्षा संवेदनशील क्षेत्रकाे विषयमा राम्रोसँग जानकारी भएकाले अहिलेकाे अवस्थामा आवश्यक सुरक्षा रणनीति लागू गर्न सहज भएको बताए । रामेछापमा लकडाउन शुरू भएदेखि नै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायकाे निकै सकृयता देखिएकाे छ । अहिलेकाे अवस्थामा प्रमुख जिल्ला अधिकारी र प्रहरीकाे सकृयता तथा समन्वय र सहयाेगले आफूहरूलाई काम गर्न सहज भएकाे सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामाले बताउनु भयो । महामारी र प्रकाेपकाे समयमा गाउँ गाउँमा पुगेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले यसरी काम गर्नु उदाहरणीय भएकाे जनप्रतिनिधिहरूले बताए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस