रामेछाप नगरपालिकाले काठमाडौबाट लकडाउनमा गाउँ ल्याइएका नागरिकलाई घरैमा पुगेर स्वास्थ्य जाँच गर्दै ।


  • २० बैशाख २०७७, शनिबार १५:३२ प्रकाशित
  • ३२१ पटक पढिएको

  • रामेछाप – रामेछप जिल्लाको रामेछाप नगरपालिकाले लकडाउनमा अलपत्र परेका १४ सय नागरीकलाई निशुल्क रुपमा आफनो घर फर्कायो । काठमाण्डौमा अलपत्रमा परेका अफ्ना नागरीकहरुलाई गाउँ ल्याएपछि अहिले नगरपालिकाले उक्त नागरीकहरुको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको छ । शनिबार वडा नम्बर ७ बाट लकडाउनको अवधिमा काठमाण्डौँबाट ल्याइएका नागरीकहरु र अन्य ठाउँहरुबाट वडाहरुमा प्रवेश गरेका नागरीकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको रामेछाप नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीले बताउनुभयो । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेला अन्य ठाउँबाट नगर भित्र प्रवेश गरेका नागरीकहरुमा पनि कोरोना भाईरस हुन सक्ने भन्दै नगरभित्रका कसैलाई पनि संक्रमण हुन नदिन स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस