आजको राशिफल;


  • १७ जेष्ठ २०७७, शनिबार ०५:४९ प्रकाशित
  • ४९६ पटक पढिएको

  • काठमाण्डौं । आज मिति २०७७ साल जेष्ठ १७ गते शनिबार । तदनुसार मे ३० तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
    मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ। आज पारिवारिक भेटघाटमा रमाउनेछ । मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। 
    वृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    विगतका कमीकमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। 
    मिथुन:  का, कि, कु, घ, ङ, छ, के, को, ह
    आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
    कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिने छ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतस् धन प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ ।कसैकसैका लागि सन्तान सुखको योग छ । दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ।
    सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनसक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। 
    कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    पहिलेको सफलताले हौसला जगाउने छ । विगतका कमजोरीमा क्रमशस् सुधार आउने छ । आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। परिस्थिति प्रतिकूल देखिए पनि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। 
    लगनशीलताले राम्रै लाभ दिलाउन सक्छ।
    तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते
    सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।  मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । खानापिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। 
    वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु
    भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनको योगपनि रहेको छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ।
    धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।कुनै कुराले मनमा प्रसन्नतापनि छाउनेछ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला ।भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। 
    मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यापारले फाइदा दिनेछ।  महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।
     
    कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
    दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोवारमा बिवादपनि आउला ।पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। 
    मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहने छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। 
    घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। कृषि र उत्पादन मूलक कार्यपनि अघि बढ्नेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस