मन्थली नगरपालिका शील, पैदल यात्रामा समेत कडाइ गरिने


  • २९ श्रावण २०७७, बिहीबार २०:५२ प्रकाशित
  • १८७ पटक पढिएको

  • रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले हिडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले आवतजावतमा समेत कडाई गर्ने निर्णय गरेको हो ।
    बैठकले जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाटा, नवलपुरघाट, खिम्ती धारापानी साँघुटारबाट जिल्ला प्रवेश गर्न बुलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवतजावतलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

    पैदल तोकिएका प्रवेश विन्दु र सुरक्षा जाँच गर्ने स्थानहरुमा मापदण्ड पालना भए नभएको जाँच गर्ने र पालना नभएको अवस्थामा तकाल कारवाही गर्ने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । आज मन्थली नगरपालिकाका एक कर्मचारी सहित अर्का एक व्यक्ति गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस