गाउँपालिका अध्यक्ष गोबिन्द खड्का प्रहरी नियन्त्रणमा, थप अनुसन्धानको लागि ७ दिनको म्याद थप


  • ३० श्रावण २०७७, शुक्रबार १७:२६ प्रकाशित
  • १३६८ पटक पढिएको

  • रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई प्रहरीले प्रक्राउ गरी हिरासतमा राखेको छ ।

    उनलाई  गाउपालिकाद्धारा सञ्चालित योजनामा स्थानीय उपभोक्ता समितिका पदाधिकारीलाई बन्धक वनाएर खाली चेकमा हस्ताक्षर गर्न बाध्य बनाएको अभियोगमा प्रक्राउ गरिएको जानकारि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले दिनुभयो ।

    उहाले गाँउपालिकाको जग्गा किर्ते जालसाजी गरी पास गरेको जाहेरी पनि प्राप्त भएको तर उक्त मुद्धा आफुले हेर्न मिल्ने नमिल्ने बारेमा अध्ययन भैरहेको पनि  बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालयले रामेछाप जिल्ला अदातलबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद शुक्रवारनै थप गरीसकेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस