१८ वर्ष अघिको तिल्पुङ नरसंहार !


  • १७ भाद्र २०७७, बुधबार ०३:२० प्रकाशित
  • १३४० पटक पढिएको

  • १८ वर्ष अघि रामेछाप जिल्ला हाल लिखु तामाकोशी गाउँपालिका -७, साविक तिल्पुङ गाविस मा तत्कालीन नेकपा माओवादीले ४ निर्दोष सर्वसाधारणको अकल्पनीयरुपमा हत्या गरेको थियो । ब्यवस्था परिवर्तनको लागि भनेर देशमा शसश्त्र युद्ध सन्चालन गरिरहेको माओवादीले महेश्वर बहादुर बुढाथोकी, नारायण बहादुर बुढाथोकी, प्रकाशकुमार आले र झपड बहादुर बुढाथोकी लाई अपहरण गरि गोली हानी हत्या गरेको थियो । हत्या गरिएका चारै जना मुख्यरुपले कृषक थिए । अन्तरास्ट्रिय  युुुद्ध नीति र माओवादी आफैंलेे बनाएको  जनयुद्धको नियम उल्लंघन गरि सिमित कार्यकर्ताको निजि स्वार्थ पुर्तिको लागि निर्दोष ब्यक्तिहरुको हत्या गर्नाले माओवादीलाइ बद्नाम गरायो भने समुदायमा त्रास फैलियो । माओवादी शान्ति प्रकृयामा सहभागी भए लगतै जनस्तरबाट पार्टीको तीब्र बिरोध हुन थालेपछी तिल्पुङ हत्याकाण्ड हुनुमा पार्टीको गम्भीर त्रुटि भएको र निर्दोष जनताको हत्या भएको भन्दै माओवादीले आत्मालोचना गर्दै सार्वजनिकरुपमा माफीसमेत माग्यो । यो नरसंहारले लिखु तामाकोशी गाउँपालिकाको कालोदिनलाइ सङ्केत गर्छ ।

    घट्ना कसरी भयो ?
    भदौ १७ गते राती साँढे १० बजे तिर करिव १५/२० जनाको नकापधारी आज्ञात समूहले महेश्वर बुढाथोकीको घर घेर्‍यो र महेश्वरको नाम लिएर ५/६ पटक नम्र बोलिमा बोलाए र सानो कामको लागि बाहिर निस्कन आग्रह गरे । झ्याल ढोकामा लात्ती बजार्न थाले । एक त देशै भर हत्या, हिंसा, अपहरण भइ रहेको अवस्था अनि बिरामी भएर औषधि उपचार गरिरहेका महेश्वर त्यो पनि रातको समयमा अपरिचित मान्छेले मीठो बोलिमा बोलाउदैमा बोल्ने र बाहिर निस्किने विचारमा थिएनन् र बोलेनन् पनि । यतिकै तेहि मीठो आवाज धम्किपुर्ण शैलीमा आयो ” दाइ हामी माओवादी पार्टीका कार्यकर्ता, तपाइँ किन नसुनेको जस्तो गर्नु हुन्छ ? पार्टीको सानो काम भएर एकैछिनको लागि लिन आएको । खुरुक्क बाहिर नस्कनुस अटेर गरे तपाईंको घर परिवारलाइ जे पनि हुन सक्छ । बम हानेर ध्वस्त परिदिन बाध्य हुनेछौं ” । मन नभए पनि महेश्वरले ढोका खोले र बाहिर निस्किएर भने

    महेश्वर : भन्नुस के कामको लागि आउनु भयो यो रातको समयमा ?
    माओवादी : अलि पार पार्टीको बैठक छ हिड्नुस हामीसँग ।
    महेश्वर : यो रातको समयमा तेहि नि म बिरामी मान्छे बाहिर जान सक्दिन के छ यहीँ भन्नुस ।
    माओवादी : हामीलाई दिउसो हिंड्न् प्रशासनको खत्रा छ , राती हिड्नु वाध्यता हो । डराउन पर्दैन धेरै टाढा पनि हैन अनि एकछिन घर छाड्नी बितिकै मरिदैन । हामीसङ समय पनि छैन छिटो हामीसङ हिडेर सहयोग गर्नुस, जति ढिलो तेति खत्रा हुन्छ ।

    करिव ५ मिनेट जतिको सम्बाद भए पछि , मन नलागे पनि , अटेर गर्दा घरपरिवारलाई खतर होला भनेर महेश्वर केहिबेर पछि फर्कने आसमा उनिहरुसङ जान्छन । परिवारका अन्य सदस्य पनि सङ्गै साथी जाने भन्दा अरु जान मिल्दैन गोप्यकुरा छ, सकेर एकछिनमा फर्काइदिन्छौ अनि घरबाट बाहिर कोहि ननिस्किनु भन्दै जवर्जस्ती लिएर गए ।

    महेश्वरलाई जस्तै शैली अपनाएर । आफुलाइ माओवादी पार्टीका कार्यकर्ता बताउने नकापधारिले १२ बजे राती दारिमबोटका नारायण बुढाथोकी, १:३० बजे राती कटहरेका प्रकाश आले र ३ बजे बिहान हलेदेका झपड बुढाथोकीलाई सुतिरहेको अवस्थामा घरबाट अपहरण गरि आज्ञातस्थल तर्फ लिएर गएका थिए ।

    एकछिन पछि फर्काइदिन्छौ भनेर जवर्जस्त लगेका मान्छे रातिभरिको प्रतीक्षामा पनि आएनन् । भोलिपल्ट १८ भदौमा आ-आफ्नो घर देखि करिव ५०० मिटर भित्रको दुरिमा चारै जना महेश्वर, नारायण, प्रकाश र झपडको शव गोलि हानी भिभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो । कसैले पनि कल्पनानै नगरेको यस्तो क्रुर घट्ना आफ्ना आखाले देखे पछि आम मानिसले आफुलाइ पुरै असुरक्षित भएको महसुस गरेर, पुरै गाउँ,आतङ्कित हुँदै गयो र शहर पलायनमा तीब्रता भयो ।

    सेना आतंक र त्रासपुर्ण जीवन
    सदरमुकाम मन्थली देखि नजिकै भए पनि तिल्पुङमा हत्याकाण्ड अघि सेनाको चहलपहल खासै थिएन । शङ्कटकाल भए पनि गाउँ शान्त थियो । तर सदरमुकाम देखि ५ किमि भित्र निर्दोष जनताको गोलि हानी हत्या गरेपछी सेनालाइ चुनौती बढ्यो र शान्ती सुरक्षा कायम गर्न तिल्पुङमा जुनसुकै बेला पनि अनियमितरुपमा गस्ती गर्न थाल्यो । मओवादिको आरोप लगाइ तिल्पुङ्कै गोपाल सार्की र लालबहादुर ( मोहन)बस्नेतको सेनाले गोलि हानी हत्या गर्यो । तिल्पुङ्कै नवदर्शन माध्यमिक विद्यालयक शिक्षक दयानारायण श्रेस्ठलाइ आफ्नै घरमा सुतिरहेको अवस्थामा सेनाले अपहरण गरि हत्या गर्यो । सेना र माओवादीको चेपुवामा जनता पर्न थाले र जनजीवन थप आतङ्कित हुँदै गयो । घाम अस्ताए पछि घरबाट कोहि निस्कदैनथे । गाउमा असाह्य मैला, केटाकेटी र बृद्धबृद्दा मात्र थिए । शसश्त्र द्वन्दमा परि तिल्पुङ्का मात्रै १२ जनाले ज्यान गुमाएका छन ।

    स्थानीय माओबादी नेता के भन्छन ?
    तिल्पुङ तथा रामेछाप जिल्लाका माओवादी नेताहरुलाइ तिल्पुङ घट्नाको बारेमा सोध्दा अधिकांसको प्राय एउटै प्रतिक्रिया हुन्छ । ” यो घट्ना हुनुमा पार्टीको गम्भीर त्रुटि हो, निजि स्वार्थ पूरा गर्न पाटीलाइ प्रयोग गरे, म नभएको बेला घट्ना घटेछ , म भएको भए घट्न हुुनदिने थिइन , आदि । ” अनि माओवादिका राम्रा मानिएका कार्यक्षेत्र रामेछाप बाहिर भएका नेता तिल्पुङ घट्नामा निर्दोष मान्छे मारियो, यसले पार्टीको बदनाम गरायो अनि यो घट्ना सम्झदा स्वाभिमान कार्यकर्ताको शीर झुक्छ भनेर विष्लेेेषण गर्छन ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस