रामेछाप तिल्पुङ्का गोपाल सार्कि हत्या काण्डको १८ औं वर्ष पुरा ।


  • २८ भाद्र २०७७, आईतवार ०९:०५ प्रकाशित
  • ९१४ पटक पढिएको

  • २८ भदौ, रामेछाप :
    रामेछाप तिल्पुङ निवासी हाल लिखु तामाकोसी गाउँपालिका-७ का गोपाल सार्किको हत्या भएको १८ वर्ष पुरा भएको छ । शसश्त्र द्वन्द्वको समयमा तत्कालीन साही नेपाली सेनाले २०५९ भदौ २८ गते गोली हानि हत्या गरेको थियो । दिनभर मजदुरि गरेर परिवार पाल्ने निम्न वर्गीय परिवारका गोपाललाइ सेनाले माओवादि पार्टीमा संलग्न रहेको आरोप लगाइ हत्या गरेको थियो ।
    खेती, किसान र कर्मि काममा सधैं ब्यस्त रहने गोपाल आफ्नो काम भन्दा बाहेक घर छोडेर जांदैनथे । साधरण जिवन शैली, परीश्रमी, मिजासिला र सहयोगि स्वभावका गोपाल सुतिरहेको अवस्थामा करिव १२ बजे राती परिचित ब्यक्तिले एमर्जेन्सि सहयोगको लागि एकछिन काम छ भन्दै उठाएर लगेका थिए । पारिवारिक श्रोत अनुसार एकछिन सहयोगको लागि भनेर गएका गोपालको ३ दिन सम्म पनि कुनै अत्तो पत्तो नभए पछि परिवारमा अन्यौलता र घोर निराशा छायो । ३ दिन पस्चात घर देखि उत्तर तर्फ करिव १ कि. मि. टाढा नवदर्शन माध्यमिक विद्यालय परिसरको गोर्खेनि चौरमा साहि नेपाली सेनाले गोलि हानि हत्या गरेको अवस्थामा उनको शव भेटीएको थियो । सुतिरहेको अवस्थामा अपरण गरि हत्या गरेर गोपाललाइ सेनाले दोहोरो भिडन्तमा परि मृत्यु भएको भनेको थियो ।
    ठिक १२/१३ दिन अघि सोहि गा. वि. स. मा माओवादिले महेश्वर, नारायण, प्रकाश र झपड गरि चार सर्वसाधारणको अपहरण गरि हत्या गरेको थियो । कहिले माओवादि त कहिले सेनाबाट गाँउमा श्रृङखलाबद्द सर्वसाधारणको दिनदहाडै हत्या हुन थाले पछि गाँउको जनजीवन झनै त्रासमय र कष्टकर बन्दै गयो । मुलुकमा ०६२/६३ को जनआन्दोलन पस्चात बिस्तृत शान्ति सम्झौता भयो र द्वन्दको क्रममा ज्यान गुमाएका ब्यक्तिहरुलाइ राज्यले सहिद घोषणा गरि प्रतिपरिवार रु १० लाख रात उपलब्ध गरायो ।
    सहिद गोपाल सार्किकि धर्मपत्नी भिमलक्ष्मी सार्कि अहिले लिखु तामाकोशि गाउँपालिका-७, तिल्पुङमा पुर्व एमाले बाट निर्वाचित जनप्रतिनिधि हुन । सहिदहरुको बलिदानबाट प्राप्त  संघीयताले देश विकास गर्ने र जनताले न्याए पाँउने कुरा भिमलक्ष्मी बताउनु हुन्छ । साथै शोकलाइ शक्तिमा बदलेर सम्पुर्ण सहिदहरुको साझा सपना पुरा गर्न सधैं आफु लागि परिरहने कुरा पनि उहाँ बताउनु हुन्छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस