सहिद जेपीएनएम स्मृति प्रतिष्ठानको ८५ वर्षे सहाराबिहिन बृद्धलाइ घर उपहार


  • २९ भाद्र २०७७, सोमबार १९:२७ प्रकाशित
  • ४१५ पटक पढिएको

  • भदौ२९, रामेछाप:
    सहिद जेपीएनएम स्मृति प्रतिष्ठानले २ कोठे भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरि लिखु तामाकोशि गाउपालिका-७, तिल्पुङ निवासि असाह्यय, एकल तथा बृद्ध महिला मनमाया बुढाथोकीलाइ आज एक कार्यक्रम गरि हस्तान्तरण गरेको छ । कार्यक्रम लिखु तामाकोशि गाउँपालिकाका ६ नंं अडाअध्यक्ष श्री शिबप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका सभापती तथा सहिद जेपीएनएम स्मृति प्रतिष्ठानका अध्यक्ष प्रमेश बुढाथोकी र प्रमुख अतिथिले निर्माण सम्पन्न घरको संयुक्त रुपमा उद्घाटन गरि मनमाया बुढाथोकीलाइ घरको साँचो हस्तान्तरण गरेका थिए ।

    प्रमुख अतिथि र सहिद परिवारको साथमा मनमायाकार्यक्रममा लिखु तामाकोशि-७ नं एकाइका नेकपा अध्यक्ष श्याम श्रेष्ठ, नेकपा वागमती प्रदेश समिति सल्लाहकार बलबहादुर सार्कि ‘बरुण’, नेपाली कङ्रेस रामेछाप जिल्ला कार्यसमितिका आमन्तृत सदस्य बेदबहादुर कार्कि,तिल्पुङ कृषि सहकारिका प्रबन्ध निर्देशक मानबहादुर खड्का लगाएतले अतिथिको रुपमा मन्तब्य राख्दै प्रतिष्ठानले सराहनीय र उदाहरणीय काम गरेको बताउनु भयो । साथै बलबहादुर सार्किले यस सहिद प्रतिष्ठानको द्वन्द ब्यबस्थापन र शान्ति ब्यवस्थापनमा महत्वपुर्ण भुमिका हुने भएकोले स्थानीय, प्रदेश र केन्द्र तीनवटै सरकारले ध्यान दिनु पर्ने कुरा बताउनु भयो ।

    कार्यक्रममा उपस्थित अतिथिहरुपुनः निर्माणको लागि मनमाया बुढाथोकीले जसो तसो घरको जग हालेर छोड्नु भएको थियो । पुनः निर्माणको अवधि सकिनै लाग्दा चरम आर्थिक अभावको कारण उहाले जग हालेको घर जस्ताको तस्तै रहयो । पुरानो घर पनि भुकम्पले गर्दा जिर्ण भएकोले बस्ने वासको पनि अभाव थियो । यस बिच कुनै सहयोगि संघ संस्था तथा ब्यक्तिको नजर मनमायाको घरमा परेन । बिहान बेलुका छाक टार्नकै लागि धौ धौ पर्ने ८५ वर्षे मनमायाले सरकारि मापदण्ड अनुसार घर बनाउन सक्ने कुरै थिएन । यसै बिच मनमायाको दयनीय वस्था देखेर आफ्नो दिबङ्त अभिभावकको नाममा स्थापना गरिएको सहिद जेपीएनएम स्मृति प्रतिष्ठान मार्फत दान गर्ने पवित्र सोचले सहिद परिवारका सदस्यहरुले आफु आफु बिच आर्थिक सङ्कलन गरि निर्माण कार्य थालनि गरेको कुरा प्रतिष्ठानका अध्यक्ष प्रमेश बुढाथोकी ले बताउनु भयो । करिव ३ महिना लगाएर निर्माण गरिएको २ कोठे भवनको सम्पुर्ण खर्च प्रतिष्ठानले नै गरेको जानकारि पनि अध्यक्ष बुढाथोकिले गराउनु भयो ।

    प्रतिष्ठानद्वारा निर्मित घर८५ बर्षे बृद्ध मनमाया बिवाहित छोरि र नातिनिको साथमा बस्दै आउनु भएको छ । उहाकि छोरि पनि रोगको कारण लामो समय देखि ओछ्यानमै थिलिनु भएको छ । निर्माण सम्पन्न घरको चावि बुझे पछि मनमायाले आफु धेरै खुसि भएको कुरा बताउनु भयो र सहयोग गर्नेलाइ हृदयदेखिनै धन्यवाद भन्नु भयो ।

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस