साहित्य; प्रशान्त पन्तका मुक्तक


  • ३ आश्विन २०७७, शनिबार २०:१३ प्रकाशित
  • १२६ पटक पढिएको

  •  

    मुक्तक 
    १.
    निस्वार्थ प्रेम रे! प्रेममा पनि शर्त हुन्छ यहाँ।
    सफा दिल रे! हाहा त्यो त व्यर्थ हुन्छ यहाँ।

    माया गर्नेले देखाउँदैन, देखाउनेले गर्दैन।
    शायद त्यसै कारण, अनर्थ हुन्छ यहाँ।

    २.
    आफ्नो मनलाई सधै सफा बनाएर राख्नु पर्छ!!
    यहाँ सबै सँग राम्रो ,समन्ध बनाएर राख्नु पर्छ!!
    साथ अरुले दिउन नदिउन मतलब नराखे यार!!
    आफुले सधै राम्रो ब्यबहार बनाएर राख्नु पर्छ!!

    ३.
    स्वयम बिधाताले अन्याय गरेपछि त्यहिं ढलें म
    पिडा जति मेरै पोल्टामा भरेपछि त्यहिं ढलें म
    हिंडेको थिएं जसोतसो पैताला चिरा पर्दा खेरि
    नजोडीने गरि भाग्य चिरा परेपछि त्यहिं ढलें म

    ४.
    आफू भित्रको ईश्वर लाई देख्दैन
    भौतारिदै बाहिरी दुनिया डुल्छ मान्छे

    एक अर्काको मलामी न हो
    तर आफू मर्ने कुरा सधै भुल्छ मान्छे

    छोडेर सब थोक जाने हो धर्ती बाट
    आत्म बेचेर पनि पैसो बटुल्छ मान्छे

    .
    यो सामाजिक,संजालमा कस्तो खबर आयो
    जेल र जुवाको, खालमा कस्तो खबर आयो

    सबै सक्ने कै त रहेछ, यहाँ, खाने कै त रहेछ
    सुदिन त हाम्रो, नेपालमा कस्तो खबर आयो

    नुवाकोट-ढिकुरे, लिखु गाउँपालिका-१

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस