लिखु मा पनि विद्यार्थि सिकाइ सहजीकरण तत्काल सुरु हुने


  • ५ आश्विन २०७७, सोमबार १९:०३ प्रकाशित
  • ३५९ पटक पढिएको

  • रामेछाप :  लिखु तामाकोशि गाउँपालिकाले पनि कोभिड-१९ को कारण अबरुद्ध शिक्षण कार्य सन्चालन गर्ने भएको छ । सरकारले पुर्व प्राथमिक तहका विद्यार्थिलाइ मध्यनजर गरि स्व अध्ययन सामाग्री वितरण गरे पनि निमाबि तथा माबि तहका विद्यार्थि को लागि खासै शिक्षण प्याकेज ल्याउन सकिरहेको थिएन।  सहरि क्षेत्रमा अनलाइन कक्षा मार्फत बिद्यार्थी शिक्षणमा जोडिए पनि ग्रामीण क्षेत्रमा भने नेटको पँहुचै नभएकोले विद्यार्थि हरु शिक्षणमा पुर्णरुपले सम्पर्क बिच्छेद जस्तै छन । शैक्षिक शत्रको आधा जति समय बिति स्क्क्दा पनि कोरोना महामारि नघटे पछि संघीयसरकारले यसै चैत महिना भित्र शैक्षिक शत्र पुरा हुने गरि विद्यार्थि सिकाइ सहजिकरण निर्देशिका २०७७ जारि गर्यो । सोहि सहजि करण निर्देशिकाको आधारमा लिखु तामाकोशि गाउँपालिकाले यहि असोज ४ गते गाउँ कार्यपालिकाको बठैक बसि गाउँ पालिका भर बिद्यार्थि सिकाइ सहजीकरण गर्ने निर्णय गरेको छ ।लिखुअनलाइन सँग कुरा गर्दै पालिका का शिक्षा अधिकृत रामसिंंह डडालले पालिकाले निर्णय गरेपछि विद्यार्थि सिकाइ सहजीकरण गर्न बाटो खेलेको छ र सोहि अनुसार पालिका भरिका सम्पुर्ण विद्यालयलाइ पत्र पठाइ सकिएको छ भन्नु भयो । साथै उहाँ ले नवदर्शन माबि तिल्पुङ र झट्टेश्वरि माबि धोविमा क्वारेन्टीन चलिरहेकोले तत्काल विद्यालयमा पठन पाठन हुन नसक्ने तर सिकाइ सहजीकरण भने विद्यालय र उपलब्ध जनशक्ति  अनुसार तत्काल सुरु हुने पनि बताउनु भयो ।

    शिक्षाशाखाद्वारा जारि सुचना

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस