रामेछापको लिखु तामाकोशि गाउँपालिकाले यस वर्षको वजेट पारित गर्‍यो


  • १९ आश्विन २०७७, सोमबार १९:११ प्रकाशित
  • ९७ पटक पढिएको

  • नीति तथा कार्यक्रम र बजेट ल्याएको तीन महिनापछि रामेछापको लिखु तामाकोसी गाउँपालिकाको यस आर्थिक बर्ष २०७७।०७८ बजेट पारित भएको छ । लिखु तामाकोसी गाउँपालिकाको गाउँ सभाले ६२ करोड ३५ लाख ५ हजार ६९ रुपैयाँ ८० पैसाको बजेट पारित गरेको हो । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का बलात्कार र ठगि आरोपमा पुर्पक्षको लागि जेल चलान भएपछि कार्यवहाक अध्यक्ष दीपशिखा दाहालको अध्यक्षतामा बसेको बैठकले यस बर्षको बजेट पारित गरेको छ ।  दाहालले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने बताउनुभयो । गत असार १० गते गाउँपालिकाले नीति तथा कार्यक्रम र एकमुष्ट बजेट ल्याए पनि गाउँपालिकाभित्रको आन्तरिक विवादको कारण गाउँसभाबाट बजेट पारित हुन सकेको थिएन ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस