प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, पक्षमा ६९ र विपक्षमा १३ मत


  • २० आश्विन २०७७, मंगलवार १६:२३ प्रकाशित
  • १०० पटक पढिएको

  • बुटवल, असोज २० गते । प्रदेश-५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ । प्रदेश नं. ५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।
    सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भनी गत शुक्रबार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ ।
    सभामुख पूर्णबहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाको भालुवाङ क्षेत्र घोषणा गर्नुभयो । प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने पाँच सांसद अनुपस्थित हुनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस