कलाकार हरिवंश आचार्य र पत्नी रमिला लाइ कोरोना सङ्क्रमण


  • २० आश्विन २०७७, मंगलवार १८:०७ प्रकाशित
  • ७७ पटक पढिएको

  • काठमाडौँ — कलाकार हरिवंश आचार्य दम्पतीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

    सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् । उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

    आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस