डा. गोविन्द केसीसँग सहमतिमा हस्ताक्षर हुँदै, आजै अनशन तोडिने


  • २५ आश्विन २०७७, आईतवार ००:४४ प्रकाशित
  • ६६ पटक पढिएको

  • काठमाडौं, २४ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच सहमति बनेपछि हस्ताक्षर हुँदैछ । दुवै पक्षबीच सहमति पत्रमा मध्यरातमै हस्ताक्षर हुन लागेको हो ।

    सहमतिमा मध्यरातमसम्म हस्ताक्षर गरेर अनशन भोलि तोड्ने तयारी भएको छ । ८ बुँदे सहमतिमा हस्ताक्षर हुने र त्यसमध्ये छ बुँदे डाक्टर केसीको मागका विषय रहेका छन् । ७ नम्बर बुँदामा सहमति कार्यान्वयनको विषय छन् । ८ नम्बर बुँदामा अनशन तोड्ने विषय छन् । मागलाई सरकारले कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने हुन्छ ।

    यसअघि दुवै पक्षबाट वार्ताका लागि गठित दुवै टोलीबीच मध्यरातमै सहमति खोज्ने प्रयास गरेका थिए । २७ औं दिन अनशनमा बसिसक्दा पनि सहमति ननिस्किएपछि डा. गोविन्द केसीको जीवन रक्षाका लािग सरकारमाथि चौतर्फी दबाब बढेको छ । डाक्टर केसीको माग पूरा गर्न भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारबाट आकस्मिक र कोभिड १९ को उपचारबाहेकको सम्पूर्ण सेवा ठप्प पार्न आव्हान गरिसकेका थिए । सरकारमाथि डाक्टर केसीको ज्यानै लिने नियत राखेको भन्दै उनको पक्षका वार्ता टोलीका सयोजक डाक्टर जीवन क्षेत्रीले प्रेस विज्ञप्ति निकालेर संघर्षका लागि आग्रह गरेका थिए ।

    वार्ताका लागि सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री छन् भने डाक्टर केसीका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा छन् ।-फाइल तस्वीर

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस