कर्णालीमा अविश्वासको प्रस्ताव तुहियो, साहिको मुख्यमन्त्री पद जोगियो


  • २७ आश्विन २०७७, मंगलवार १५:४० प्रकाशित
  • ६८ पटक पढिएको

  • काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहिएको छ । अन्ततः शाहीको पक्षमा २० जना सांसद उभिएका छन् । यसअघि शाहीलाई हटाउनुपर्छ भनेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको छ ।

    मुख्यमन्त्री शाहीद्वारा पार्टीको सचेतकमा कुर्मराज शाही नियुक्त

    कर्णालीको पार्टीको विवाद मिलाउनको लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका थिए । दाहालले वरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर कर्णालीको विवाद हल गरेका हुन् । शाहीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगपनि भेटवार्ता गरेका थिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस