बाङ्लादेशमा बलात्कातिलाइ मृत्यु दण्डको फैसला !


  • २९ आश्विन २०७७, बिहीबार १८:५२ प्रकाशित
  • ७५ पटक पढिएको

  • २९ असोज, काठमाडौं । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

    अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले बिहीबार उत्तरी जिल्ला टाङ्गिलबाइमा यो फैसला सुनाएको हो ।

    अभियोजनकर्ता नसिम अहमदका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका थिए । जहाँ पीडितको साथी र अरु दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएका थिए । यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

    बंगलदेशमा बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गरिएपछिको यो पहिलो फैसला हो । गत साता बंगलादेशमा एक सामूहिक बलात्कारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै बंगलादेशभर विरोध प्रदर्शन भएको थियो । प्रदर्शनले ठूलो रुप लिएपछि सरकारले बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन संशोधन गरेको थियो । एजेन्सि

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस