प्रहरि दवाव र प्रभावमा नपरि काम गर्नु पर्छ; मुख्यमन्त्री गुरुङ


  • ३० आश्विन २०७७, शुक्रबार १९:४० प्रकाशित
  • ५२ पटक पढिएको

  • गण्डकी, असोज ३० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीले दबाव र प्रभावमा नपरी जनताको सेवामा दत्तचित्त हुन पर्ने बताउनु भएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलि एवम् सम्मान कार्यक्रममा उहाँले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै जनताको सेवा प्रवाह गर्न इमान्दारिता र जिम्मेवारीबोधलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताको लागि साधन श्रोत सम्पन्न बनाउँदै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जीउधन र अधिकारको रक्षामा अहोरात्र खटिदै आएको बताउनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस