एउटा कविता, जो बोली बोलीमा झुण्डिने छ।


  • २३ कार्तिक २०७७, आईतवार १९:३६ प्रकाशित
  • २२२ पटक पढिएको

  •  

    दिन/रात

    निधारमा तीन धर्का,

    तनमा गेरु वश्त्र,

    एक हातमा शालीग्राम,एक हातमा ब्रह्मनन्द,

    झोलामा एक थान गुलेली र मट्याङ्रा,गोजीमा

    कोकशास्त्र।

    ***

    हातमा प्रभुको वचन,वाणीमा ख्रीष्टका प्रेम,दया,करुणा र क्षेमा खचाखच,

    पिठ्युँमा एस एल आर,

    स्टोरमा कोकिनका डिब्बा,दराजमा संसारका अरु संस्कृति मास्ने सूत्रहरु।

    ***

    ओठमा राष्ट्र,जिब्रामा जनता,ध्वनिमा संवृद्धि,

    मनमा फगत आफू र आफ्नाको फलिफाप,

    दिमागमा गुट।

    ***

    काटीकुटी उही कद,उही स्थान,उही समय,

    शीरदेखि पाइतालासम्मै पूर्णरुपेण बर्को ओढेका गान्धी,

    बर्को फाल्ने बितिक्कै अस्सली हिटलर।

    ***

    करोडौँको वैभव,धनधान्यले पूर्ण,

    घरमा रम्भा,उर्वसीलाई माथ गर्ने दुईदुईटी,

    बातैपिच्छे नछुट्ने-

    ब्रह्म सत्य,जगत मिथ्या’।

    ***

    अरु त अरु,

    तोत्र पाठ मार्क्सवादको,

    अञ्जुली अर्पण मार्क्स,लेनिन र माओलाई,

    प्रसादग्रहण पुँजीवादको।

    पवन के.सी.

    मनमैजू,काठमाडौँ।

    लेखक( सम्बन्धित विषयमा स्नाकोत्तर हुनुहुन्छ)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस