हिमालको शिखरमा देबकोटा जयन्ती


  • ३० कार्तिक २०७७, आईतवार ०६:४० प्रकाशित
  • ५७ पटक पढिएको

  • काठमाडौं, कात्तिक २९ गते । कुनै प्रख्यात साहित्यकारकाे जन्मजयन्ती समाराेह भन्ने वित्तिकै केही व्यक्ति जम्मा हुने, तस्बिरमा  माल्यार्पण गर्ने र भाषण तथा उहाँहरूकाे याेगदानकाे चर्चा गरिन्छ । तर एक युवा कवी तथा आराेहीले भने अलिक फरक ढङ्गले मनाउनु भएकाे छ । सधैं एकै किसिमले गर्नुभन्दा फरक गराै भनेर  महाकवी लक्ष्मीप्रसाद देवकोट तथा आख्यानकार रमेश विकलको जन्मजयन्तीको अबसरमा उहाँहरूको तस्बिरलाई चुलु इस्ट हिमालको चुचुरोमा पु-याइयाे ।
    प्रथम साहित्यिक हिमाल आरोही तथा महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा तथा उद्धव थापाले आज दिउँसो ११ बजे चुचरोमा पुग्नु भएको र दुबै सहित्यकारको तस्बिर राखेर जन्मजयन्ती मनाएर नयाँ शुरुवात गरिएको बताउनुभयो । मनाङ जिल्लामा रहेको चुलु इस्ट हिमाल ६ हजार ५८४ मिटर अग्लो छ । गोरखापत्र

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस