वास्तविकता भित्रको वास्तविकता।


  • १ मंसिर २०७७, सोमबार २१:४६ प्रकाशित
  • ६९ पटक पढिएको

  • “मनका कोलाजहरु”
    – भूवन के.सी.

    आज एकपटक सोधि हेरे,
    आफ्नै रफ्तारमा दौडिरहेको मेरो मनलाई कि तेरो गन्तव्य के हो?
    मनले दुखी हुँदै भन्छ त नै मेरो अन्तिम गन्तब्य होस।
    जीवन भोगाईमा कति तितामीठा पलहरु गुजारियो होला,
    जुन अनुभवलाई अनुभव समेत नगर्दै,
    च्यातिए होलान कयौ सपना, कयौ चाहनाहरु, ती च्यातिएका सपना मध्य सबै भन्दा तीतो सपना म हु।
    जीवन गति कहाँ पुग्छ? थाहा नपाएरै,
    भोलीलाई स्वागत गर्नु पर्दैन सोच्दै, रंगिन सिउदो फेरि रङ्याउने दिवास्वप्निल,
    उजाडिएको उदाङ्गोपन जुन छ त्यो मेरो हो।।
    मस्तिष्क भारी बनाएर, उनिलाई हलुङो सोच्दै,
    मजुवा र देउरालीमा मनोरेल कुदाउने, ड्राइभरको भुमिका जुन छ त्यो मेरो हो।
    थाहा छ पूर्व र पश्चिम्को भेट गराउने पूल मैले निर्माण गर्न सक्दिन,
    थाहा छ समुन्द्र्का दुई किनारा समानान्तर बग्ने मात्र हुन,
    तर,
    थाहा छैन कि, ढुङ्गाको पनि मन हुन्छ!!
    थाहा छैन कि, मायाको पनि सीमा हुन्छ!!!
    मलाई एकचोटि
    सालिक भएर सारा कुरा नियाल्न मन छ कि,
    अमर प्रेमको निसानी कस्तो हुन्छ?
    मलाई एकचोटी बोक्रा ताछेर ढल्न लागेको बूढो रुख बनेर नियाल्न मन छ कि,
    तेतिबेला प्रेमिल हावाको तुफानी कति हुन्छ?
    ताकी,
    मैले पनि अनुभव गर्न सकु कि टेवा र भरोसा कसैको पेवा हुदैनन!!
    तिमी जहाँ जहाँ पुग्छौ तेहि तेहि टोल बन्ने हो भने,
    मेरो मनको भूगोल पनि सानो लाग्नेछ तिमीलाई,
    जाडो मौसममा पनि बरफ न्यानो लाग्नेछ तिमीलाई,
    देखेको कुरा मात्र प्रेमिल हुने भए,
    भोगेका कुरा मात्र सत्य हुने भए,
    शब्द सागरबाट हटाइदिए हुन्छकि बाच्य “भाव” पनि हुन्छ!

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस