आजको राशिफल


  • २ मंसिर २०७७, मंगलवार ०७:२२ प्रकाशित
  • १०७ पटक पढिएको

  • मेष । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृष । आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्यपनि अघि बढ्ला ।

    मिथुन । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    कर्कट । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    सिंह । मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रापनि हुनेछ ।

    कन्या । आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    वृश्चिक । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    धनु । धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    मकर । आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

    कुम्भ । दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

    मीन । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस