कोरोना जोखिमको कारण हिमाली भेगका बासिन्दालाइ बेशि झर्न समस्या


  • २ मंसिर २०७७, मंगलवार ०८:०६ प्रकाशित
  • ७३ पटक पढिएको

  • काठमाण्डाै :देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । साेमाबार बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातसमेत भएको छ भने पहाडी क्षेत्रको केही ठाउँमा पानी परेको छ ।

    यस्तै तराईका विभिन्न जिल्लाहरूमा हुस्सु लागेर देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आउँदा केही दिन देशको धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    साेमबारकाे तुलनामा मौसम सुधार हुँदै गए पनि अब चिसो भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच जुम्ला, डोल्पा, म्याग्दी, मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाहरूमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

    मङ्सिरको सुरुमै भएको हिमपातले अघिल्ला वर्षको तुलनामा चाँडै चिसो बढाएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो । चिसो बढेसँगै पानीसमेत जम्न थालेको र जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।

    हिमपातसँगै खोला, पँधेरो र धारामा पानी जमेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि किसानहरू याक, चौँरी, भेडा, च्याङ्‍ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

    अघिल्ला वर्षमा हिमाली क्षेत्रका बासिन्दा चिसो सुरु भएपछि तल्लो क्षेत्रमा झर्ने गर्थे । यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेसी झरेका छैनन् । हिमाली क्षेत्रका बासिन्दा बेसी झर्दा कोरोनाको डर र गाउँमै बस्दा चिसोको समस्यामा परेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस