ओली अनुपस्थित भए पनि नेकपा सचिवालय बैठक स्थगित नहुने


  • २ मंसिर २०७७, मंगलवार १७:५४ प्रकाशित
  • ५६ पटक पढिएको

  • काठमाडौ : नेकपा सचिवालयको स्थगित बैठक मङ्सिर ३ गते बुधबार १ बजेका लागि बोलाइएको छ । सो बैठक पर सार्न प्रधानमन्त्री समेत रहेका ओलीले कसरत जारी राखेका छन् । तर बहुमत सचिवालय सदस्य बुधबारको बैठक कुनै हालतमा नरोकिने बताउँछन् ।

    ‘भोलिको बैठक ओली नआएपनि कुनै हालतमा रोकिँदैन, बस्छ’, एक सचिवालय सदस्यले भने, ‘ प्रस्ताव फिर्ता लिन र बैठक पछि सार्न ओलीले प्रयास गरिरहेको बुझिएको छ । तर अव बैठक रोकिन्न । बैठक बसेर बहुमतले निर्णय गरेर अगाडि बढ्छ ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस