तनहुँमा माइक्रो दुर्घट्ना हुँदा १ को मृत्यु, १० घाइते


  • ३ मंसिर २०७७, बुधबार ०९:३४ प्रकाशित
  • ७४ पटक पढिएको

  • तनहुँ, मङ्सिर ३ गते । तनहुँको पर्यटकियस्थल मानहुँकोट नजिकै माईक्रोबस मंगलबार विहान ५ः ३५ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाईते भएका छन् ।
    मानहुँकोट अवलोकनको लागि पोखराबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको पर्यटक चढेको माईक्रो वस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सूर्योदयको दृश्य अवलोकनको लागि उनिहरुहरु विहानै गएका थिए । दुर्घटनामा परि पोखरा महानगरपालिका–३२ वर्ष २८ की सुनिता गुरुङको घटनास्थलमै मृत्यु भएको छ । अन्य १० जना सोही ठाउँका घाईते भएका हुन  ।
    ‘पक्की सडक सकिएपछि कच्ची बाटोमा अगाडि बढ्दै गर्दा व्याक भएर ६ सय मिटर तल खसेर दुर्घटना भएको हो’ घटनास्थल पुग्नु भएका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो । माईक्रोवसका चालक वर्ष ३२ को नविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको रानाभाटले जानकारी दिनुभयो । घाईतको दमौली अस्पतालमा उपचार भईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस