कण्डमका फाइदाहरु


  • ३ मंसिर २०७७, बुधबार २२:१५ प्रकाशित
  • १४८ पटक पढिएको

  • काठमाडौं । कण्डम पुरुषहरूका लागि परिवार नियोजनको (गर्भनिरोधक) एकमात्र अस्थायी साधन हो । यो ल्याटेक्स रबरले बनेको हुन्छ । यौन सम्पर्क गर्दा कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइन्छ । कण्डमको प्रयोगले पुरुषको वीर्यलाई महिलाको योनी भित्र झर्न दिँदैन , फलस्वरूप गर्भ रहन दिदैन र  सुरक्षित यानै सम्पर्कको भरपर्दो माध्यम भनेकै कण्डम हो ।  कण्डमको एकोहोरो फाईदा मात्र नभएर यसका धेरै फाईदा रहेका छन् । कण्डमको प्रयोगले महिलाहरुको पाठेघरमा ईन्फेक्सन हुन दिदैन् ।

    पुरुषले प्रयोग गर्ने  कण्डम सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क रुपमा पाईन्छ  पाइन्छ । बजारमा ढाल, प्यान्थर, डिजायर नामका विभिन्न प्रकारका कण्डमहरू पनि उपलब्ध छन् । यी कण्डमहरू मेडिकल हल, पानपसल र किराना पसलहरूमा समेत सुपथ मूल्यमा पाइन्छन् । कण्डम चर्को घाम, तातो र ओसिलो ठाँउमा राख्दा बिग्रन गई यसको प्रभावकारीता कम हुन सक्दछ । बालबालिकाहरुले यसको दुरुपयोग पनि गर्न सक्छर्न तसर्थ कण्डमलाई सुरक्षित ठाँउमा राख्नु पर्दछ ।

    कत्तिको भरपर्दो हुन्छ ?

    कन्डमको विश्वसनीयता यसको प्रयोग गर्ने तरिकामा भर पर्छ । कन्डम प्रयोगकर्ताले कत्तिको सावधानीपूर्वक यसको प्रयोग गरिएको छ, त्यसमा यसको विश्वसनीयता निर्धारण हुन्छ । सही तरिकाले लगाएमा पुरुष कन्डम ९९ दशमलव ९ प्रतिशत भरपर्दो हुन्छ । यसको मतलब कन्डम (पुरुष) प्रयोग गरेर यौन सम्पर्क गरेको १ सयमध्ये १ वर्षमा ० दशमलव १ महिला गर्भवती हुन सक्छन् । कन्डम एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्नु हँुदैन । लगाइसकेको कन्डम खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ । महिला कन्डमको बन्द रहेको पट्टीको भागलाई योनीको तलसम्म पुर्‍याएर राखिन्छ ।

    यसको दुवैतिर केही कडा रिङ रहेको हुन्छ । प्वाल भएपट्टकिो रिङ माथितिर पारी योनीद्वारको बाहिरपट्टी राख्नुपर्छ । यौन सम्पर्क गरिसकेपछि प्वाल भएपट्टकिो भागलाई बटारेर प्वाल बन्द गरी सावधानीपूर्वक निकाल्नुपर्छ । यसरी निकाल्दा कन्डम भएको वीर्य बाहिर पोखिन दिनु हँुदैन । त्यसपछि उचित ठाउँमा यसको व्यवस्थापन गर्नुपर्छ ।

    कन्डमका फाइदा

    महिला कन्डम प्रयोग गर्दा कहिलेकाहीँ लिंग कन्डम बाहिरबाट जान सक्छ ।

    गर्भनिरोधका लागि यो धेरै प्रभावकारी छ ।

    कन्डममा शरीरलाई असर गर्ने कुनै औषधि नहुने भएकाले शरीरमा कुनै किसिमको असर गर्दैन ।

    पुरुष कन्डम जहाँ पनि सजिलै पाउन सकिन्छ ।

    यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे हुन्छ ।

    एचआइभीलगायत यौन सम्पर्कका माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।

    पुरुष कन्डम धेरैप्रकारको आकार र रङमा पाइन्छ ।

    महिला कन्डम यौन सम्पर्कको वेला जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

    ध्यान पुर्‍याउपुरुष कन्डम राम्रोसँग नलगाएमा खुस्किन सक्छ ।

    हरेकपटकको यौन सम्पर्कमा नयाँ कन्डमको प्रयोग गर्नुपर्छ ।

    कन्डमलाई चर्को घाम वा तातो स्थानमा राख्नु हुँदैन ।

    प्याकेटबाट कन्डम निकाल्दा नङ वा कुनै धारिलो चीजको प्रयोग गर्नु हँुदैन ।

    कसैकसैलाई रबरको कन्डमबाट एलर्जी पनि हुनसक्छ । तर, ज्यादै न्यून रुपमा मात्र पाइएको छ । अहिले प्लास्टिकको कन्डम पनि पाइन्छ । रबरको कन्डम प्रयोग गर्दा तेल, तैलीय बडी लोसन प्रयोग गर्नु हँुदैन ।

    महिलास्वास्थ्य

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस