सन्दीप समाबेश भएको होबार्ट हरिकेन्समा को को छन् विदेशी खेलाडी, के खेल्न पाउँछन् त


  • ४ मंसिर २०७७, बिहीबार १३:३६ प्रकाशित
  • ११८ पटक पढिएको

  • अघिल्ला २ सिजन मेलबर्न स्टार्स्बाट खेल्दै आएका सन्दीपले यसपटक होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको छ। यसको जानकारी होबार्ट हरिकेन्सले आधिकारिकरुपमा विभिन्न सामाजिक संजाल दिइसकेको छ। भर्खरै सम्पन्न भएको आइपिएलमा एउटा पनि खेल खेल्ने मौका नपाएका नेपाली लेग स्पिनर सन्दीप लामीछानेलाई यी खेलहरु आफैमा महत्वपूर्ण हुनेछन्।

    बीबीएल आगामी डिसेम्बर १० बाट शुरु हुँदैछ । सबै प्रकृया पूरा गर्न समय लाग्ने भएकाले सन्दीपले शुरुवाती केही खेलहरु गुमाउने अनुमान गरिएको छ। अष्ट्रेलिया पुगेपछि पनि २ हप्ताको क्वारेन्टिन बस्नुपर्ने भएकाले केही खेल गुमाउने छन्।बीबीएलले यो सिजनमा ३ जना विदेशी खेलाडीहरु खेल्न पाउने नियम बनाएको छ। जस अन्र्तगत सन्दीपको टिममा डेविड मालन, सन्दीप लामिछाने, कीमो पल, विल ज्याक्स र कोलिन इन्ग्राम गरी ५ जना विदेशी खेलाडीलाई अनुबन्धन गरेको छ भने स्वदेशी खेलाडीहरुमा स्कट बोल्याण्ड, टिम डेभिड,जैक डोरन, नेथन एलिस,जेम्स फाल्कनर,पीटर ह्यान्ड्सकाँब ,बेन म्याकडर्मोट,रिले मेरिडिथ,डेभिड मुडी,मिशेल ओवेन, टिम पेन, विल पार्कर, डि अर्सी शर्ट,मैथ्यू वेड, निक विन्टर र म्याक राइट लाई अनुबन्धित गरेको छ।होबार्टको टीम क्याप्टेनमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् ।क्लवले सिजनको पहिलो खेलमा आगामी डिसेम्बर १० मा सिड्नी सिक्सरको सामना गर्नेछ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस