नेपालको राजधानी काठमाडौंबाट १३३ किमी उत्तर पूर्वमा अबस्थित दोलखा जिल्लाको एक झलक


  • १० मंसिर २०७७, बुधबार १७:२८ प्रकाशित
  • ३७८ पटक पढिएको

  • नेपालको राजधानी काठमाडौंबाट १३३ किमी उत्तर पूव र जनकपुर अञ्चलको जनकपुरधामबाट करिब १४१ कि। मि। उत्तर तर्फ दोलखा जिल्ला रहेको छ । नेपालको मान चित्रमा दोलखा जिल्ला २७ २८’ उत्तरदेखि २८० ००’ उत्तरी अक्षांश र ८५० ५०’ पूर्वदेखि ८६० ३२’ पूर्वीदेशान्तरसम्म फैलिएको छ । कूल २,१९१ वर्ग कि।मी। क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिव्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ । नेपालको राजधानी काठमाडौबाट १३३ कि।मी। पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो । समुद्रसतहदेखि ७६२ मी।९सितली० उचाइदेखि ७,१३४ ९गौरीशंकर हिमाल० सम्मकोउचाइमा रहेको ८६ १५’ पुर्वी देशान्तर २८ उत्तरी अक्षांसमा अवस्थित गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । २००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं। गोश्वाराको प्रशासनिक इकाइको रुपमा रहेको दोलखा २०१८ सालदेखि मात्र अलग जिल्लाको रुपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्लास्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन् । ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किराँत वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ ।
    भौगोलिक बनावट
    यस जिल्लाको अधिकांश भूभाग उच्च पहाड तथा हिमालले ढाकिएको छ । पहाड र हिमालको खोच, नदी किनार, टार र बेंसी गरी जम्मा १० प्रतिशत भूभाग मात्र समतल भएको अनुमान गरिएको छ । भू–धरातलीय स्वरुपको आधारमा ३५ प्रतिशत भूभाग उच्च हिमाली भेगमा, ४० प्रतिशत भूभाग उच्च पहाडी भागमा र २५ प्रतिशत भूभाग मध्य पहाडी भागले ओगटेको छ । दोलखा जिल्ला हिमाली जिल्ला हो । यस जिल्लाको कुल भूभाग मध्ये करिव ७० प्रतिशत भूभाग ३० डिग्रीभन्दा बढि भिरालोपन रहेको छ ।
    माटो
    दोलखा जिल्लाका लगभग ९२ प्रतिशत जनताहरूलाई कृषि क्षेत्रले रोजगारी प्रदान गरेकोछ । कृषि पेशामा माटोको ज्यादै महत्वपूर्ण भूमिका भएतापनियहाँ माटोको बारेमा कुनै ठोस सम्भाब्यता अध्ययन भएको छैन । समग्र देशको नमूना अध्ययनका आधारमा यस जिल्लाको माटोको प्रकार र उर्वरताको बारेमा निम्न अनुसार रहेको पाइन्छ । जस्तै पागो माटो,रातो फुसो माटो, हिमाली माटो ।
    हावापानी/जलवायु
    यस जिल्लाको अधिकांश भाग पहाडी र हिमाली भएको हुँदा प्रमुखतया समशीतोष्ण हावापानी भएतापनि लेकाली ९ अल्पाईन० र पर्वतीय ९टुण्ड्रा०किसिमको हावापानीको क्षेत्र पनि छ । यहाँको वार्षिक औसत तापक्रम अधिकतम १९० सेल्सियस र न्यूनतम तापक्रम ८० सेल्सियस रहेको छ । वार्षिक औसत वर्षा २०४३।५ मि।लि। रहेको छ । जिल्लाको हावापानीको अवस्थालाई हेर्दा सामान्यत निम्न चार किसिमको हावापानी पाइन्छ । न्यानो समशितोष्ण हावापानी, ठण्डा शितोष्ण हावापानी, टुण्ड्रा हावापानी ।
    जलभण्डार
    दोलखा जिल्लाको कूल क्षेत्रफल मध्ये पानीले ढाकेको क्षेत्रफल ७,०६८ हेक्टर अर्थात ३।२९ प्रतिशत रहेको छ । यस बाहेक वर्षैभरी हिउँले ढाक्ने उच्च हिमाली भेगको क्षेत्रफल ५,६६५ हेक्टर अर्थात २।६४ प्रतिशत रहेको छ । नदीनालाको हिसावले यस जिल्लालाई जलश्रोत सम्पन्न जिल्ला मानिन्छ ।जिल्लाका प्रमुख नदीहरू निम्न बमोजिम रहेका छन्। तामाकोशी नदी, खिम्ति खोला, रोल्वालिङ खोला, सिंगटी खोला, दोल्ती खोला, चर्णावती खोला,ध्याङखोला
    पर्यटकीय सम्पदा
    गौरीशंकर हिमालको काखमा रहेको यो जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक सुन्दरताकोकारण पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण छ। दोलखा जिल्लामा निम्नानुसार पर्यटकीय स्थानहरू रहेका छन ।
    दोलखा भीमेश्वर मन्दिर
    नेपालको प्रसिद्ध देवस्थलहरू मध्ये दोलखा भीमेश्वर मन्दिर पनि एक हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ४ किलोमिटर उत्तर तर्फ रहेको प्राचीन दोलखा वस्तीमा अवस्थित यो देवस्थल आदिकालमा स्थापना भएको मानिन्छ । यस मन्दिरमा रहेको शिलालाई भीमसेन, रुद्र, भगवती तथा विष्णुको रुपमा पूजा गरिन्छ । यस भीमेश्वरको मूर्तिमा पसिना आएमा देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसरी आएको पसिना कपासले पुछेर राजदरवार पठाउने र राजदरवारबाट क्षमा पूजा गर्ने चलन रहेको थियो । नेपालमा राजतन्त्रको अन्त्य भएपछि सो कपास राष्ट्रपति समक्ष पठाउने गरिएको छ । दोलखा जिल्लाको आन्तरिक धार्मिक पर्यटनको प्रमुख आकर्षण रही आएको यस मन्दिरमा काठमाडौं उपत्यका, वरिपरिका जिल्लाहरू र विदेशबाट समेत दैनिक रुपमा दर्शनार्थीहरू आउने गरेका छन्। दैनिक चार पटक पूजा हुने यस मन्दिरमा वडा दशैं, चैते दशैं, एकादशी, बालाचतुर्दशी,वैेशाख पूर्णिमा, कार्तिक पूर्णिमा आदि चाडपर्वहरूमा विशेष पूजा हुने गर्दछ । स्थानीयहरूले भीमसेनलाई ईष्टदेवताको रुपमा पनि पूजा गर्दछन्।

    त्रिपुरा सुन्दरी मन्दिर
    भीमेश्वर मन्दिरबाट करिव २०० मिटर पूर्व भिमेश्वर नगरपालिका वडा नं। ४ दुङ्गलटोलमा त्रिपुरा सुन्दरीे भगवतीको मन्दिर रहेको छ ।त्रिपुरा सुन्दरीेलाई तीन त्रिलोककी अधिपतीको रुपमा पूजा गरिन्छ । श्री यज्ञकुमार प्रधानद्वारा लिखित पुस्तक ‘दोलखाको सास्कृतिक सम्पदा’ मा उल्लेख भए अनुसार यो मन्दिर पहिले दक्षिण पूर्व स्थित चम्पूजा डाँडामा थियो । तीन तल्ले यस मन्दिरको दोश्रो तल्लाको पश्चिम दक्षिण कोठामा त्रिपुरा सुन्दरीदेवीको मूल कोठा रहकोछ । किंवदन्ती अनुसार त्रिपुरा सुन्दरीे देवीको स्थापना महाभारतकालभन्दा अगाडि भएको मानिएको छ । यस मन्दिरमा वडादशैंमा ठूलो पूजा हुने र वली चढाउने गरिन्छ्।

    कालिञ्चोक भगवती
    दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट १७ किमी उत्तरमा ९३,८५२ मिटरको उचाइँमा० अवस्थित यस देवीस्थल धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ । यस मन्दिरमा दशैं, कार्तिक पूर्णिमा र जनै पूर्णिमामा ठूलो मेला लाग्दछ । लालीगुराँस र चिमाल फूलले ढाकिएको वन क्षेत्र भएको यस ठाउँबाट दोर्जेलाक्पा, जुगल, गौरीशंकर, मेलुङ्गत्से, नुम्वुर लगायतका हिमालहरू र रमणीय प्राकृतिक दृष्यहरू अवलोकन गर्न सकिन्छ । यो स्थानबाट सूर्योदय र सूर्यास्त निकै मनमोहक देखिनुका साथैयस स्थानमा याक र चौंरी पनि देख्न सकिन्छ । किवदन्ति अनुसार यस स्थानमा रहेका गुफाहरुमा दोलखा जिल्लाको पञ्च पाण्डव गुप्तवास बसेका थिए । कालिञ्चोक भगवती माईको दर्शन गरेमा मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास रहेको छ । यस स्थानमा चरिकोटबाट कू्री गाउँसम्म मोटरबाटोबाट र त्यसपछि करिव एक घण्टा पदयात्राबाट पुग्न सकिन्छ ।

    मञ्जुश्री
    भीमेश्वरबाट करिव १ कि। मि। टाढा भिनपा वडा नं। ३ तिलिञ्चोकमा रहेको मन्जुश्री मन्दिरको सम्बन्धमा मन्जुश्री काठमाण्डौं जानु पूर्व सो स्थानमा विराजमान भएको भन्ने स्थानीय किंवदन्ती छ । सो मन्दिरमा सरस्वती पूजा र वालाचतुर्दशीका दिन भव्य मेला लाग्दछ । यस मन्दिर वरपर वनभोजस्थल बनाइएको छ ।
    शैलुङ्गडाँडा
    महाभारत पर्वत श्रृङ्खलाको उच्च स्थान मध्येको एक हो । यो डाँडा दोलखा जिल्लाको शैलुङ्गेश्वर गाविस र रामेछाप जिल्लाको डडुवा गाविसको सिमानामा पर्दछ । करिव ३,२२५ मिटर उचाइँमा रहेको यस डाँडा स–साना सय वटा थुम्काहरूबाट बनेको छ । दुवो जस्तो उच्च पहाडी घाँस भएको यस डाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङ्गटाङ्ग, दोर्जेलाक्पा, जुगल, गौरीशंकर, मेलुङ्गत्से, नुम्वुर, सगरमाथा लगायतका सुन्दर हिमालहरू र मनोरम प्राकृतिक दृष्यहरू अवलोकन गर्न सकिन्छ । साथै प्रचुर जैविक विविधता भएको यस ठाउँमा करिव १५० प्रकारका जडिबुटीहरू पाइन्छ । तामाङ्ग र नेवार जातिहरू बढी भएको यस ठाउँमा काठमाडौंबाट दोलखा जिल्लाको मुढे भइ करीव ४ घण्टाको मोटरबाटोबाट ढुङ्गेसम्म र त्यसपछि करीव एक घण्टाको पैदलयात्राबाटो शैलुङ्गडाँडा पुग्न सकिन्छ । चरिकोटबाट चर्णावती खोला र भैंसे हुँदै कच्ची मोटरबाटोमार्फत पनि पुग्न सकिन्छ ।

    गौरीशंकर हिमाल
    रोल्वालिङ्ग हिमश्रृङ्खलामा पर्ने ७,१३४ मिटर उचाई भएको गौरीशंकर हिमाल हिन्दूहरूको आराध्यदेवता शिव र पार्वतीको प्रतिक मानिएको छ ।नेपालको प्रामाणिक समय यसै विन्दुबाट निर्धारण गरिएको छ ।

    बेदिङ्घ गाँउ
    दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं। १ स्थित वेदिङ्ग विश्वमै सवैभन्दा बढी सगरमाथा आरोहीहरू जन्माउने गाउँ हो । दोलखा जिल्लाबाट हालसम्म तीन महिला सहित ६४ जनाले सगरमाथाको सफल आरोहण गरेकोमा वेदिङ्ग गाउँबाट ५२ जनाले सगरमाथा आरोहण गरिसकेका छन्। सवैभन्दा छिटो सगरमाथा आरोहण गर्ने श्री पेम्वा दोर्जे शेर्पा र जाडो मौसममा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली आरोही श्री डावाङ्ग योन्देन शेर्पा यसै गाउँका हुन्। यो गाउँ रोल्वालिङ्ग क्षेत्रमा करिव ३,६९० मिटरको उचाइमा रहेको छ ।
    लामावगर
    दोलखा जिल्लाको उत्तरी क्षेत्रको लामावगर गाविसमा पर्दछ । यो तिव्वतसँगको व्यापारिक नाका पनि हो र यहाँ सिमा प्रशासन कार्यालय, भन्सार र प्रहरी चौकी रहेका छन्। लामावगर गाविसको वडा नं। १ मा चीनको तिव्वतसँग जोडिएको लप्ची गाउँमा करीव १ हजार वर्ष अगाडि बौद्ध धर्मालम्वी बोधिसत्व प्राप्त गरेका धर्मगुरु मिलेरेपाले ३३ वटा ध्यानकेन्द्र बनाएका थिए भनि विभिन्न लेखहरूमा उल्लेख गरेको पाइन्छ । यस गाउँको छ्योरसालिङ्गगुम्वामा मिलेरेपाको विषयमा अध्ययन गराइन्छ ।
    च्छो–रोल्पा (हिमताल)
    हिमताल दोलखा जिल्लाको अर्को आकर्षण च्छो–रोल्पा हिमताल गौरीशंकर गाविस वडा नं १ मा रहेको छ । ४,५८० मिटर उचाइँमा रहेको यो हिमतालको क्षेत्रफल १६५ वर्ग कि। मि। र गहिराइ १३५ मिटर रहेको अनुमान गरिएको छ । करिव १०,००० घन मिटर पानी रहेको यस हिमताल फुटेर हुनसक्ने क्षति रोक्न सो तालको पानीको सतह घटाउने कार्य भईरहेको छ । रोल्वालिङ्ग हिमश्रृंखलाको सोवोचे र टासीलाप्चा हिमालको फेदीमा रहेको यो ताल निकै मनमोहक छ । यस तालको अवलोकन र अनुसन्धान गर्न थुप्रै पर्यटकहरू आउने गर्दछन्। यस ठाउँमा वेदिङ्ग गाउँबाट पदयात्रा गरी एक दिनमा पुग्न सकिन्छ ।

    जिरी
    काठमाडौंबाट १८८ कि।मि। र चरिकोटबाट ५६ कि।मि। उत्तर पूर्वमा जिरी रहेकोछ । यो करिव १,९५१ मिटरको उचाइँमा पर्दछ । सगरमाथाको प्रवेशद्वार र नेपालको ज्यूरिचको रुपमा चिनिने यस ठाउँमा लिङ्कन बजार, कोलार पार्क, पाथिभरा, चेर्डोङ्गडाँडा, हनुमन्तेडाँडा, बुलडाँडा, हलेसी महादेवको मन्दिर,क्यांगसे पोखरी, चमेरो गुफा, जिरी खोला, सिक्री खोला, लौकी झरना आदि रहेका छन्। योस्थान याक ग्यालरी, जिरेलहरूको सँस्कृती, चिज फार्म,यहाँको चिसो हावापानी र रमणीय प्राकृतिक दृष्यावलोकनको लागि महत्वपुर्ण भएकाले आन्तरिक र वाह्य पर्यटकहरू आउने गर्दछन्। चरिकोटबाट करिव ३ घण्टाको मोटरयात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ एउटा सानो विमानस्थल पनि छ, जुन हाल सञ्चालनमा रहेको छैन ।

    खरीढुङ्घा क्षेत्र
    दोलखा जिल्ला प्रवेश गरे पछि लाँकुरीडाँडा गाविस वडा नं। ७ मा खरीढुङ्गा क्षेत्र छ । वि।सं। २०३६ मा नेपाल ओरियन्ट म्याग्नेसाइट कम्पनी स्थापना भई वि।सं। २०५८ सम्म राम्रोसँग सञ्चालनमा रहेतापनि हाल केही मात्रामा खरि उत्खनन गर्ने कार्य मात्र भइरहेको छ । यस खानीमा अपार म्याग्नेसाइटको भण्डार रहेतापनि यसको प्रभावकारी उपयोग ह’न सकिरहेको छैन । यस क्षेत्रमा रमणीय पोखरी एवम्शिव मन्दिर रहेको छ । दोलखा जिल्लामा प्रस्तावित फिल्म नगरी निर्माण स्थल डाङडुङ्गे डाँडा जाने बाटो पनि यही क्षेत्रमा पर्ने भएकोले पर्यटकीय आर्कषणमा छ ।

    गौरीशंकर संरक्षण क्षेत्र
    सन् २०१० जुलाइमा स्थापना भएको गौरीशंकर संरक्षण क्षेत्रमा दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको गरी जम्मा २२ गाविसहरू पर्दछन्। यस क्षेत्रमा दोलखा जिल्लाको उत्तर तर्फका १४ गाविसहरू पर्दछन्। विभिन्न जातजातिको वसोवास रहेको यो क्षेत्र जैविक विविधतामा धनी छ । यो क्षेत्रमा हिम चितुवा, रातो पाण्डा, खैरो ब्वाँसो, कस्तुरी मृग बाघ, भालु लगायत लोपोन्मुख वन्यजन्तुहरू, ३४ प्रजातिका स्तनधारी जनावरहरू, १६ प्रजातिका माछाहरू, १० प्रजातिका उभयचरहरू, ८ प्रजातिका छेपाराहरू, १४ प्रजातिका सरिसृपहरू र ३७ परिवारका २३५ प्रजातिका चराहरू पाइन्छ ।श्रोतःगूगल/सामाजिक संजाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%

    प्रतिक्रिया लेख्नुहोस