अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोकको घोषणा, म्याराडोनाका समर्थक सडकमा


  • ११ मंसिर २०७७, बिहीबार १४:४१ प्रकाशित
  • १३६ पटक पढिएको

  • बुधबार हृदयाघातका कारण ६० वर्षिय डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली दिन सक्नेछन् ।म्याराडोनाका टिमका साथी रहेका ओहवाल्दो अर्बिलेसले म्याराडोनाले जति प्रसिद्धि र प्रशंसा पाए त्यही अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन् ।फुटबल दुनियाँका कैयौँ हस्तीहरुले म्याराडोनालाई श्रद्धाञ्जली दिए ।यसमा मेस्सी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान् खेलाडी पेले पनि सामेल छन् । पेलेले श्रद्धाञ्जलीमा भनेका छन्, ‘मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान् खेलाडी गुमाएको छ । मलाई आशा छ हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौँ ।’म्यानचेस्टर सिटीका म्यानेजर पेप गुआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन् । अर्बिलेसले मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्धि सपना पनि पाउन नसक्ने बताए । बुधबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण रोखिएको थियो । यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ ।

    बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो, जसलाई रद्द गरिएको थियो । निकै ठूलो सङ्ख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुँदै रोए पनि । त्यस्तै म्याराडोना रहँदै आएका स्यान एण्ड्रेसमा पनि ठूलो सङ्ख्यामा प्रशंसकहरु पुगेका थिए । अर्जेन्टिनाको राजधानीमा म्याराडोनाका प्रशंसकहरु विभिन्न तरिकाले सम्झिरहेका छन् । हजारौँ माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्धाञ्जली दिए । यो ठाउँ म्याराडोनाको लागि विशेष छ, उनले त्यहाँ इटालियन क्लबका लागि १८८ खेल खेल्दा ८८ खोल गरेका थिए । मानिसहरुले म्याराडोना शर्ट र फेस मास्क पनि लगाएका छन् । नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ । शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन्। सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस