भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अष्ट्रेलिया विजयी

एडम जम्पा र जोश हेजलवुडको उत्क्रृष्ट बलिङले पहिलो अन्तर्राष्ट्रिय एकदिवसयि खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको छ

  • १२ मंसिर २०७७, शुक्रबार १८:१० प्रकाशित
  • १४५ पटक पढिएको

  • एडम जम्पा र जोश हेजलवुडको उत्क्रृष्ट बलिङले पहिलो अन्तर्राष्ट्रिय एकदिवसयि खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको छ।५० ओभरमा अष्ट्रेलियाले छ विकेटको क्षतिमा ३७४ रनको योगफल तयार गरेको थियो। सिड्नीमा टस जितेर पहिला ब्याटिंग रोजेको अष्ट्रेलियाका लागि कप्तान आरोन फिञ्चले डेविड वार्नरसँग १५६ रनको ओपनिंग साझेदारी गरेर उत्कृष्ट सुरुवात गरेका थिए। वार्नर ६९ रन बनाएर पेभेलियन फर्किदा आरोन फिञ्चले दोस्रो विकेटका लागि स्टिभिन स्मिथसँग १०८ रनको साझेदारी गरेका थिए। स्मिथ र फिञ्च दुबैले शतक लगाए । फिञ्च ११४ र स्मिथ १०५ रन बनाए ।

    भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन तथा जसप्रित बुमराह, नवदीप सैनी र युज्वेन्द्र चाहलले सामान एक एक विकेट लिएका थिए ।
    खेलको दोस्रो इनिङमा भारतका अघिल्लो क्रमका व्याट्सम्यानहरु अष्ट्रेलियन बलर सामु निरिह जस्तै देखिए। शिखर धवन बाहेक अघिल्लो क्रमका व्याट्सम्यानहरुले खासै रन बनाउन सकेनन्।

    ओपनर शिखर धवनले ८६ बलमा ७४ रन बनाए भने अर्का ओपनर मयंक अग्रवालले १८ बलमा २२ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै क्याप्टेन विराट कोहोली २१ रनमा आउट हुँदा हार्दिक पाण्डेले उत्कृष्ट पारी खेल्दै ७६ बलमा ९० रन बनाएर खेललाई रोमान्चक बनाएका थिए। तर एडम जम्पाको बलिङ हार्दिक पाण्डे पेभेलियन फर्कन बाध्य भए। अष्ट्रेलियाका लागी एडम जम्पाले सर्वाधिक चार विकेट लिए भने जोश हेजलवुडले तिन विकेट लिँदै अष्ट्रेलियालाई विजयी नजिक पुर्‍याए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस